आज:  | Sat, 23, Nov, 2024

मिती तोक्यो सरकारले मंसिर ४ मा एकै पटक संघ र प्रदेशको निर्वाचन हुने ।

१९ श्रावण २०७९, बिहीबार २०:१६ मा प्रकाशित ( २ साल अघि) २२२ पाठक संख्या
नारी बाटिका


२०७९ साउन १९
काठमाडौं ।
आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगमी निर्वाचनको मिति टुंगो लगाएको छ । सरकारले
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ मा एकै चरणमा हुने जनाएको छ । दुवै निर्वाचन मंसिर ४ गते एकै चरणमा सम्पन्न गर्नका लागी बुधबार बसेको सत्ता गठबन्धनको बैठकले सहमति गरेका थिए। त्यसै अनुरुप विहिवार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो ।

गत २०७४ मा सम्पन्न प्रतिधि सभा र प्रदेश सभाको निर्वाचन भने मंसिर १० र २१ का दिन दुई चरणमा सम्पन्न भएको थियो । निर्वाचन आयोगले सरकारले घोषणा गरेको ४ मंसिरको मितिमा प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न तयारी पुरा भैईसकेको बताएको छ । सरकारबाट निर्वाचनको मिति घोषणा गरेसंगै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले तोकिएको समयमा नै स्वच्छ,निष्पक्ष र विश्वसनीय हिसावले निर्वाचन सम्पन्न गर्न आयोग तयार रहेको बताउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस