२०७९ साउन १८
काठमाडौं ।
आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचन पनि चुनावी गठवन्धन गर्ने विषयमा सत्ता गठबन्धन भित्र सहमति जुट्न सक्ने अवस्था रहेको छ तर गठबन्धन भित्र ‘स्थानिय तहसम्मका पार्टी कार्यकर्ता को चित्तबुझ्दो हिसावले कसरी र कुन मोडालिटीमा सिट बाँडफाँट गर्न सकिन्छ भन्ने विषय भने टुंगोमा पुग्न नेतृत्व तहमा कठिन बन्दै गइरहेको छ । सिट बाँडफाँटमा व्यापक रुपमा छलफल गरेर अघि वढेपनि उल्झन हुन सक्ने संकेत देखिएको छ ।
प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले गत असारमा ६ दिन बसेको केन्द्रीय समिति बैठकबाटै आगामी निर्वाचनमा सत्तारूढ दलहरुबीच चुनावी तालमेल गर्ने निर्णय गरेको थियो । पार्टीको निर्णय अनुसार गठबन्धनमा आबद्ध दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले स्वागत गरेका थिए । त्यसपछी भने गठबन्धन दलभित्र आगामी निर्वाचन र सिट बाँडफाँटको ‘मोडालिटी’’बारे विस्त्रित रुपमा छलफल नै भएको छैन भन्ने विषेश सुत्रको भनाई रहेको छ ।
प्रारम्भिक छलफल अनुसार कसको कति दाबी कती ?
कांग्रेस– ८० देखि ९० सिट
माओवादी केन्द्र– ५० बढी
जनता समाजवादी–३०
नेकपा एकीकृत समाजवादी–३०
राष्ट्रिय जनमोर्चा–५ भन्ने दावी रहेको छ ।
कांग्रेस नेता रामचन्द्र पौडेलले सत्तामा रहेका दलबीच चुनावी तालमेल गर्ने निर्णय गरिसकेकाले केही दिनमै सिट बाँडफाँट’बारे आपसी समझदारी मा पुग्न सुरु गर्ने’ जानकारी दिए । ‘कांग्रेसले सत्तामा रहेका दलहरुबीच चुनावी तालमेल गर्ने निर्णय गरिसकेको छ,’ उहाँले थप प्रस्ट पार्दै
भन्नु भयो ‘सबै दलहरु त्यसमा सहमत छन्, केही दिनमै गठबन्धन बैठक बस्छ र सिट बाँडफाँट’बारे छलफलबाट टुंगो लगाउनेर्छौं ।’
निर्वाचन आयोगले आगामी २ मंसिरमा निर्वाचन मिति प्रस्ताव गरिसकेको छ । तर, गठबन्धनभित्र निर्वाचन मितिको विषयमा पनि छलफल भएको छैन । स्रोतका अनुसार ४ मंसिरमा निर्वाचन गर्ने सरकारको तयारी छ । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सिटको संवैधानिक व्यवस्था रहेकोछ ।
‘निर्वाचनका विषयमा गठबन्धन स्पष्ट छ, प्रतिनिधि सभा सम्म नै गठबन्धन गरीसँगै जान्छ,’ सत्ता गठबन्धनमा आबद्ध माओवदी केन्द्रका नेता वर्षमान पुन भन्छन्, ‘आन्तरिक रूपमा के कसरी सिट बाँडफाँट गर्न सकिन्छ भन्ने विषयमा अब छलफल सुरु हुन्छ ।’
गठबन्धनमा रहेका दलका शीर्ष नेताबीच भएको यसअघिको सहमतिअनुसार गत स्थानीय तह निर्वाचनमा गठबन्धनमा आबद्ध दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँटमा अघि बढ्ने सहमति छ । उच्च स्रोतका अनुसार प्रतिनिधि सभा निर्वाचनका लागि सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसले ८५ देखि ९० सिटमा दाबी गरेको छ ।
यसैगरी, नेकपा माओवादी केन्द्रले ५० भन्दा बढी सिटमा अपेक्षा राख्दा जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादीले आन्तरिक रूपमा ३०÷३० सिटभन्दा बढीमा दाबी राख्ने योजना बनाएका छन् । तर, दाबी गरेअनुसार सिट पाउने अवस्था रहेको देखिदैन । माओवादी केन्द्रले ४०, जसपाले २३, नेकपा एसले २० सिट पाउने अवस्था रहेको बताइन्छ ।
त्यस्तै, सत्ता गठबन्धनमा रहेको सबैभन्दा सानो दल राष्ट्रिय जनमोर्चाले पाँच सिट माग गर्न थालेको छ । तर, बढीमा प्रत्यक्षतर्फ दुई सिट पाउन सक्ने सम्भावना रहेको देखिन्छ । गठबन्धनभित्र एकीकृत समाजवादी र जसपाको सिट बाँडफाँटमा भने समस्या हुने देखिएको छ । सिट बाँडफाँडमा विगतमा भएको कमजोरी नदो¥याउन कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत रहँदै आएका छन् ।
प्रधानमन्त्रीमा प्रचण्डको दाबी पनि रहेको एक स्रोतको अनुसार
आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि सरकारको नेतृत्व विषयमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच होडबाजी सुरु भएको छ । कांग्रेसले आगामी निर्वाचनबाट एक्लै बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने दाबी गरिसकेको छ भने माओवादी केन्द्रको नेतृत्वले पनि निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्ने विषयमा इच्छा देखाउन थालिसकेको छ ।
१० असारमा नेपाल पर्वतारोहण संघले राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्र अध्यक्ष प्रचण्डले ‘तेस्रोपटक प्रधानमन्त्री हुने’ इच्छा व्यक्त गरेका थिए । गत शनिबार समेत पार्टीको एक कार्यक्रममा उनले ‘आगामी निर्वाचनमा तालमेलबाटै अघि बढ्ने र माओवादी केन्द्र दोस्रो भएमा एकपटक फेरि सरकारको नेतृत्व हातमा आउने तथा आफू तेस्रोपटक प्रधानमन्त्री बन्ने’ बताउनु भएको छ ।
‘उहाँले थप्नु भयो आउने चुनावमा तालमेल हुन्छ, हामी दोस्रो हुनेगरी तालमेल भएमा सत्ता हाम्रै हातमा आउँछ, यो नै मेरो लास्ट इनिङ्स हुनेछ,’ प्रचण्डले भनेका छन्, ‘यसपटक मैले पछिसम्मको सन्ततिले सम्झिनेगरी देशलाई केही चिज दिने सपना लिएको छु ।’
कांग्रेस नेता रामचन्द्र पौडेल भन्नु हुन्छ सरकारको नेतृत्व निर्वाचनको परिणामले नै तय गर्ने बताए । ‘प्रधानमन्त्रीमा सबैले चासो राख्नु स्वाभाविक हो, निर्वाचन परिणामले नै अबको प्रधानमन्त्रीको तय हुने हो,’ उनले भने, ‘आगामी सरकारको नेतृत्वका लागि कांग्रेसको स्वाभाविक दाबी रहन्छ ।’ राजधानी दैनिकबाट ।
प्रतिक्रिया दिनुहोस