.
लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन तथा कार्य सञ्चालन विधि, २०७८ पारित ।
२०७९ साउन १३ ,धादिङ
जिल्ला प्रहरी कार्यलय धादिङको आयोजनामा धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रशाद लम्शालको अध्यक्षतामा बैठक बसी कार्य विधी २०७८ माथी छलफल गरी पारित गरिएको छ । कार्य विधी २०७८ सम्वन्धि नागरिक समाजमा जानकारी गराउने उद्दस्येले बैठक सम्पन्न गरिएको हो । लैङ्गिक हिंसाबाट पीडितलाई न्याय दिलाउनको निमित्त सुरक्षाको प्रत्याभूति दिन, सल्लाह, सूचना, मनोवैज्ञानिक हौसला प्रदान गरी आत्मविश्वास जगाउनका लागी विगत देखी नै नेपाल प्रहरीले लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल गठन गरी नागरिक समाजबिच हातेमालो गर्दै काम गरिरहेको छ । नेपाल प्रहरी केन्द्रिय कार्यलय बाट परिमार्जन भई आएको कार्य सञ्चालन विधि, २०७८ निर्देशिका जारी गरिएको छ भने परिमार्जित उक्त कार्य विधी माथी बैठकमा सहभागी हरुले पृष्ठपोषण गरेका थिए । तेसैगरी जिल्ला प्रहरी कार्यलयका इनिस्पेक्टर रन्जन अवाले विषयवस्तुको प्रस्तुतीकरण गर्दै महिला, बालबालिका, जेष्ठ नागरिक तथा जोखिममा रहेका वर्गहरुको अधिकारको क्षेत्रमा काम गरिरहेको सरकारी संस्था, नागरिक समाज एवं समुदायलाई आपसमा समूहीकृत र सङ्गठित गर्न, लैङ्गिक हिंसा नियन्त्रणको निमित्त सचेतना अभिवृद्धि गर्न, प्रभावित एवं पीडितहरुको पारिवारिक र सामाजिक मेलमिलाप गराउन तथा समूहमा संलग्न सदस्यहरु एवं प्रहरी कर्मचारीहरु समेतलाई सो(सम्बन्धी अपनाउनु पर्ने कार्यविधि एवं व्यवहारका बारेमा निर्देशन दिन र लैङ्गिक हिंसा नियन्त्रण संजालको भूमिकालाई निर्दिष्ट गरी जिम्मेवार बनाउन प्रहरी नियमावली, २०७१ को नियम १९६ को उपनियम ९१० ९ख० बमोजिम प्रहरी महानिरीक्षकबाट यो “लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन तथा कार्य सञ्चालन विधि २०७८” जारी गरिएको बारे जानकारी गराउनु भएको थियो ।
हिंसा नियन्त्रण जारी गरिएको हो । बैठकमा गैसस महाँसंघ धादिङकिा अध्यक्ष शालिग्राम दुवाडीले विषेश लैंगिक हिंसा नियन्त्रण जिल्ला संन्जालको भुमिका,वडा स्तरदेखी गठन प्रकृयाका बारेमा स्पष्ठ पार्नु भएको थियो । तेसैगरी बैकमा जिल्ला प्रहरी कार्यलय धादिङका एस् पी राकेश सिङं ,उद्योग वाणिज्य संघका प्रतिनिधि,महिला अधिकार कर्मीहरु,निलकण्ठ नगरपालिकाका प्रमुख
प्रशासक,पत्रकार महाँसंघ अध्यक्ष राजाराम शर्मा, स्वास्थ्य कार्यलयका निमित्त प्रमुख मधुकर दाहाल,नारी जागरण केन्द्रका कार्यकारी निर्देशक भगवती उप्रेती लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम संन्चालन जिल्ला प्रहरी कार्यलयका इन्स्पेक्टर धर्म जङ थिंङले गर्नु भएको थियो ।
जिल्ला लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा रहन सक्ने क्षेत्र तथा व्यक्तिहरु
जिल्ला प्रहरी कार्यालय प्रमुख संयोजक
महिला तथा बाल बालिका सेवा केन्द्र, प्रमुख जि।प्र।का। सदस्य सचिव
जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सदस्य
लैंङ्गिक हिंसाको क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाका प्रतिनिधि सदस्य
संचार क्षेत्रका प्रतिनिधि सदस्य
शिक्षा क्षेत्रका प्रतिनिधि सदस्य
मानव अधिकारको क्षेत्रमा कार्यरत प्रतिनिधि सदस्य
जिल्ला बारका प्रतिनिधी सदस्य
उद्योग वाणिज्य संघका प्रतिनिधि लगायतका लैंगिक हिंसा नियन्त्रणको क्षेत्रम काम गर्ने विभिन्न गैह्र सरकारी संघ संस्थाका प्रतिधिनीहरु रहन सक्नेछन् ।
तेसैगरी संन्जालमा सल्लाहकारः
प्रमुख जिल्ला अधिकारी रहनु हुनेछ भने
आमन्त्रणत्रित अतितिहरुमा
सङ्घीय सरकार र प्रदेश सरकारका प्रतिनिधि, जिल्ला समन्वय समितिका अध्यक्ष तथा जिल्ला प्रहरी कार्यालय रहेको स्थानको पालिकाको प्रमुर्ख हुने हुने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस