२०७९ साउन ६ सुक्रवार,
धादिङ ।
धादिङको रुबीभ्याली गाउँपालिकाले सबै पुराना करार कर्मचारीहरुको नियुत्ती खारेज गरेर पुनःकर्मचारी भर्नाको लागी आवेदन खुलाई माग गरेको थियो।पहिलो चरणमा परिक्षा मार्फत स्वास्थ्य कर्मचारी तर्फ कार्यालय सहयोगी समेत गरि २९ जना छनोट गरेको छ।पालिकाले स्वास्थ्य तर्फ एच ए ३ जना, अहेव ८ जना, अनमी ९ जना, ल्याव टेक्निसियन ३जना लिखित र अन्तरवार्ता दुबै परिक्षा लिई र कार्यालय सहयोगी ६जना भने अन्तरवार्त बाट नियुक्त गरेको हो।
स्थानिय वासी तथा राप्रपा ले हात्तिीको देखाउने दाँत र चपाउने दाँत फरक रहेझैं देखावटी रुपमा परिक्षा लिई पुराना र आफ्ना कार्यकर्ताहरु मात्रै कर्मचारी भर्ना गरेको आरोप लगाए पछि नव निर्वाचित स्थानीय गठबन्धन सरकारले यस अघिका करार कर्मचारीको नियुक्ती थप गर्दा विभिन्न आरोप प्रत्यारोप आउला भन्ने हिसावले म्याद थप नगरि पुनःकर्मचारी भर्ना प्रक्रिया अगाडी बढाए पनि परिक्षाबाटै स्वास्थ्य तर्फ नाम निकाल्ने २९ जना मध्य अधिकांश पुरानै अनुहारका कर्मचारी रहेका छन्।
जस्ले जस्तो आरोप लगाए पनि हामीले परिक्षा पूर्णत निश्पक्ष रुपमा गरेका छौं। उत्तरी धादिङका जनताको जनजीवन सँग जोडिएको स्वास्थ्य सेवाको क्षेत्रमा योग्य स्वास्थ्यकर्मी आवश्यकता पर्ने भएकोले सोही अनुसार छनौट भएका र निश्चित कोटा भएकोले केहि राम्रा र योग्य परिक्षार्थीहरुको नाम निश्कन सकेन नाम ननिस्कदैमा हतोत्साही र दुखी नहुन पालिका अध्यक्ष रामसिंह तामाङले आग्रह गर्नु भएको छ।
कार्यालय सहयोगी बाहेक २३ जना स्वास्थ्यकर्मी हरुले नाम निकालेका छ, भने ७ जनाले बैकल्पितमा नाम निकालेका छन् । नाम निकाल्नेका
हेल्थ असिस्टेन तर्फ विममाया तामाङ, तेन्जिङ डोल्मा घले र प्रकाश लामा, अनमी तर्फ शर्मिला बि.क. प्रतिना तामाङ, किरण तामाङ, निरी मायाँ तामाङ, र समायाँ तामाङ, सोक्बालकी शेर्पा, सिर्जना तामाङ, फुल मायाँ तामाङ र रामेछापकी रिता कार्की छनोटमा परेका छन्।
तेस्तै अहेव तर्फ छनोट हुनेमा पेमा तामाङ, रीता घले, रेकमान तामाङ, भुमिमायाँ तामाङ, सिम्रनजायसवाल, करुणा तामाङ, लिलिमान तामाङ निर बहादुर तामाङ छन्। ल्याव असिस्टेण्ड तर्फ मायाँ तामाङ, सुष्मा तमाङ, बुद्ध कुमारी तामाङ रहेको गाउँपालिकाले जनाएको छ।
तेसो त स्थानिय सरकारले विभिन्न वहाना बनाई क्षमता र दक्षताको आधारमा नभै आफ्ना मानिसहरु ,नेताका झोलेहरुलाई पावर र पहुँचको भरमा जागिर दिने गरेका कुरा नयाँ र नौलो त हैनै नै । यस भन्दा अगाडीका ३ नै तहका सरकारले पनि गर्दै आएका हुन् भने यस्ता प्रकृर्ती का कर्मचारीहरु धादिङका निलकण्ठ,धुनवेशी नगरपालिका देखी सिद्धलेक,नेत्रावती लगायतका अधिकाँश पालिकाहरुमा रहेको पाईन्छ।यति सम्मकी निलकण्ठ नगरपालिकामा त झन् कम्प्युर अप्रेटरको तलव भत्ता खाएका कर्मचारीको कम्प्युर सम्वन्धि कुनै ज्ञानै नभएको र उक्त पदमा क्षमता र योज्ञता नै नभएका कर्मचारी भर्ना गरी दर्ता चलानीमा भने पनि राखी सेवा सुविधा खुवाउने गरेको पाएको छ । त्यस्थै अन्य सामाजिक विकासका शाखा,महिला बालबालिका,अपाङता तथा सहकारी पर्वद्धन गर्ने, हेर्ने शाखाका कर्मचारी लाई नै सहकारी प्रति कुनै जानकारी नहुदा अथवा जागिर पकाउने मात्रै मनोवृर्तीले दलगत पावरको भरमा दशकौं वर्ष सम्म एउटै सुगम जिल्लाका नगरपालिकामा जागिर मिलाउने गरेको र सहकारीहरुले महिनै पिच्छे बुझाउने प्रतिवेदनको समेत वेवास्ता गर्ने, काय भित्र्रक्षेत्र भित्रका सहकारीहरुले सहकारीको मुल्य मान्यता र सिद्धान्त अनुसनर चलेका छ छैनन् र नियम अनुसार चलेका लाई सम्रक्षण,प्रवद्धन गर्न र नियम विपरित कार्य गर्नेलाई कारवाहीको दायरामा ल्याउनुको साटो उल्टै सहकारीमा बजेट विनिजनको लागी सिफारिस गरी गरी बजेट दिने गरेको, र जनताका गुनासो लाई रद्धी टोकरीमा थन्क्याउने जस्ता कार्य भै रहेको पाईएको छ । यसरी जनताको कर, पसिना बाट सेवा सुविधा लिने स्थानिय सहकार र तिनका मातहतका कर्मचारीको लापर्वाही र हेलचेक्र्याँको कारण नागरिकहरु उचित सेवा लिन बाट बन्चित रहेका छन् भने सार्वजनिक पद धारण गरेका जन प्रतिनिधी र कर्मचारीहरु नागरिक प्रति उत्तरदायी नभएका थुप्रै गुनासाहरु आउने गरेको अवस्थामा कमसे कम लोक सेवा आयोगकको झल्को दिने गरी लिखित र मौखिक रुपमा परिक्षा लिएर कर्मचारी छनौट गरेको मा धादिङको रुबीभ्याली गाउँपालिकाले नियम संवत् काम गरेको हो भन्ने भनाई केही स्थानिय वासीले राखेका छन् ।
प्रतिक्रिया दिनुहोस