आज:  | Sat, 23, Nov, 2024

राष्ट्रपति भण्डारी द्वारा १३ वटा विधेयक प्रमाणीकरण

३१ असार २०७९, शुक्रबार २०:३२ मा प्रकाशित ( २ साल अघि) २८० पाठक संख्या
नारी बाटिका


काठमाण्डाै – आज राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा १३ वटा विधेयक प्रमाणीकरण भएकाे छ । सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेस हुन आएका विभिन्न १३ वटा विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।

– लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
– आर्थिक वर्ष २०७९÷०८० को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
– ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक
– राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक
– नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक
– तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
– यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक
– फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक
– नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक
– सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक
– औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक
– स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक
– रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस