आज:  | Sat, 23, Nov, 2024

अर्थमन्त्री जनार्दन शर्मा द्धारा पदबाट राजीनामा

२२ असार २०७९, बुधबार १९:२२ मा प्रकाशित ( २ साल अघि) ३१७ पाठक संख्या
नारी बाटिका


काठमाण्डौं –अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ । आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको उहाँले घोषणा गर्नुभयो ।

राजीनामा घोषणा गर्नुअघि बैठकलाई स्म्बोधन गर्दै अर्थमन्त्री शर्माले बजेट निर्माणको अघिल्लो दिनको सीसीटीभी फुटेज मेटिएको बारेमा आफूलाई जानकारी नभएको स्पष्टिकरण दिनुभयो ।

उहाँले आफूलाई सीसीटीभीको प्राविधिक पक्षबारे जानकारी नभएको बताउँदै आफू बजेट निर्माणको अघिल्लो दिन राति अबेरसम्म काम गरेर मन्त्रीक्वाटरमा गएर सुतेको प्रष्टिकरण पनि दिनुभएको छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस