आज:  | Sat, 23, Nov, 2024

अश्लील शीर्षक राखेर भिडियो बनाउने एक जना युट्युबर पक्राउ

२१ असार २०७९, मंगलवार १९:१२ मा प्रकाशित ( २ साल अघि) ४०१ पाठक संख्या
नारी बाटिका


काठमाण्डौ – प्रहरीको साइबर ब्युरोले अश्लील शीर्षक राखेर भिडियो बनाउने र समाजमा अश्लीलता फैलाउने गरेको आरोपमा एक जना युट्युबर पक्राउ परेका छन् ।

रियल टिभी नामक युट्युब च्यानलका सञ्चालक नुवाकोट घर भइ काठमाण्डौ बस्ने २२ वर्षका प्रवेश लामालाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

उनले विभिन्न व्यक्तिसँग अश्लील कुराकानी गरेको भिडियो खिचेर युट्युबमा राख्ने र समाजमा अश्लीलता फैलाउने अपराध गरेको प्रहरीको आरोप छ ।

पक्राउ परेका लामालाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस