आज:  | Sat, 23, Nov, 2024

धादिङबेशीमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम

१३ असार २०७९, सोमबार १९:२३ मा प्रकाशित ( २ साल अघि) ५२० पाठक संख्या
नारी बाटिका


धादिङ – अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) द्वारा प्रकाशन हुने ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम गरिएको छ ।
कार्यक्रममा ईन्सेक जिल्ला प्रतिनिधि सीताराम अधिकारीले नेपाल मानवअधिकार वर्ष पुस्तकमा धादिङका अर्धवार्षिक रुपमा २० घटना समाबेश हुने बारे प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । जिल्लामा ६ महिनाको अवधिमा स्थानिय तह निर्वाचनको समयमा भएको ९ वटा कुटपिटको घटनामा ३३ जना घाईते भएको, २ ओटा घर तोडफोड, १ ओटा लुटपाटको घटना भएको उल्लेख गरिएको छ ।
यसैगरि जातिय छुवाछुतको २ वटा, बाल बलात्कारको १ वटा, गाउँ निकालाको १ वटा, बालबालिका कुटपिटको २ वटा, कर्मचारी कुटपिटको १ वटा, वृद्ध हत्या १ वटा घटना भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विश्वकर्माले मानव अधिकारप्रति प्रतिवद्धता जनाउदै मानवअधिकार घटना थाहा पाउन ईन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तक महत्वपुर्ण भएको बताउनुभयो ।
आफैले बनाएको कानुन राजनितिक दलले उल्लंघन गरेर मौन अवधीमामा कानुनको उल्लंघन गरेको जिल्ला अदालतका श्रेस्तेदार खुमप्रसाद भण्डारीले बताउनुभयो ।
वेवारिसे शव र वेवारिसे मानवको व्यवस्थापनमा सरकारले काम गर्ने जिल्ला सहायक न्यायधिवक्ता प्रकाश सुवेदीले बताउनुभयो ।
यसैगरी नारी जागरण केन्द्र धादिङकी कार्यकारी निर्देशक भगवती उप्रेतीले पछिल्लो समय सम्बन्ध विच्छेदका घट्नाहरु बढ्दै गएको हुनाले सम्बन्ध विच्छेद हुने क्रमलाई रोक्न सबै निकायलयले ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा सहभागिहरुले मानवअधिकार वर्ष पुस्तकमा स्वास्थ्यको अधिकारबारे उल्लेख गर्न आग्रह गर्दै सबैको पहुँचमा नेपाल मानवअधिकार वर्ष पुस्तक पुर्याउन आग्रह गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस