आज:  | Sat, 23, Nov, 2024

पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारले घोषणा

११ असार २०७९, शनिबार १५:०० मा प्रकाशित ( २ साल अघि) १८४ पाठक संख्या
नारी बाटिका


काठमाण्डौ – करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारले घोषणा गरेको छ ।
आज उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पत्रकार सम्मेलन गरी करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिनुभयो । मन्त्री बडूका अनुसार डिजलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरिएको छ ।

कर कटौती भएसँगै अब पेट्रोल १ सय ७९ रुपैयाँ र डिजल प्रतिलिटर १ सय ६३ पर्नेछ । यसअघि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई निर्देशन दिएको थियो ।

नेपाल आयल निगमले पछिल्लो पटक डिजल र मट्टीतेलमा समान २७÷२७ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले भाउ बढाएको थियो । अहिले पेट्रोल प्रतिलिटर १ सय ९९ रुपैयाँ र डिजल÷मट्टीतेल प्रतिलिटर १ सय ९२ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस