आज:  | Sat, 23, Nov, 2024

पेट्रोलको भाउ फेरि बढ्यो, प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा

२ असार २०७९, बिहीबार १९:५८ मा प्रकाशित ( २ साल अघि) २२९ पाठक संख्या
नारी बाटिका


काठमाण्डौ – भारतले नेपाललाई पेट्रोलियम पदार्थमा बढेको नयाँ मूल्यसूची पठाएको छ । नेपाल आयल निगमलाई इन्डियन आयल कर्पाेरेशन (आईओसी) ले पठाएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजलमा १९ रुपैयाँ तीन पैसा र हवाई इन्धन १९ रुपैयाँ ९१ पैसाले बढेर आएको छ ।

भारतले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा घाटा रहेको निगमले दाबी गरेको छ । अहिले पेट्रोल प्रतिलिटर एक सय ७८ रुपैयाँमा बिक्री गर्दै आएकोमा अब लागत मूल्य दुई सय नौ रुपैयाँ २८ पैसा पुगेको निगमले विज्ञप्तिमा जनाएको छ । यस्तै डिजलमा अब प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर सात सय ५१ रुपैयाँ १४ पैसा घाटा हुने निगमले जनाएको छ ।

नयाँ मूल्यसूचीका आधारमा पाक्षिक रूपमा पेट्रोलमा ९५ करोड, डिजलमा दुई अर्ब ९१ करोड, हवाई इन्धन (आन्तरिक) मा ६६ लाख र खाना पकाउने एलपी ग्यासमा एक अर्ब १४ करोड रुपैयाँ घाटा हुने निगमको दाबी छ । यस्तै मासिक पेट्रोलियम पदार्थमा नौ अर्ब ६३ करोड रुपैयाँ घाटा हुने विज्ञप्तिमा जनाइएको छ । ( उज्यालो अनलाईन )

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस