आज:  | Sat, 23, Nov, 2024

गएराति परेको वर्षाको कारण धादिङको गंगाजमुनामा लगाएतका विभिन्न स्थानमा पहिरो

१ असार २०७९, बुधबार १९:४३ मा प्रकाशित ( २ साल अघि) ३६७ पाठक संख्या
नारी बाटिका


धादिङ – गएराति परेको वर्षाको कारण धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ५, ६ र ७ मा पहिरो खस्दा केहि घर र पशुचौपायमा क्षति पुगेको छ । गंगाजमुना गाउँपालिकाको वडा नम्बर ७ बुढाथुम लकुवाको कालिका आधारभुत विद्यालय माथि खसेको पहिरोको कारण विद्यालय तल रहेको समुदायमा समेत क्षति पुगेको हो ।

राति भारी वर्ष भएकोले सबै आ –आफ्नै घरभित्र रहेको र बिहान घरमा एक्कासि भल आएपछि मात्रै पहिरो खसेको थाहा पाएको स्थानीयवासि केवि भाई ( कृष्ण विकल ) ले जानकारी दिनुभयो । १२ घरधुरी रहेको वि क टोलमा ५ घर उच्च जोखिममा रहेको छ ।

बुढाथुमकै तल्लो भोर्लेमा पनि गोठ माथि पहिरो खस्दा केहि पशुचौपाय मरेको र समुदाय समेत उच्च जोखिममा रहेको वडा नम्बर ७ का वडा अध्यक्ष रविन अधिकारीले बताउनुभयो । वडा नम्बर ५, ६ र ७ को उच्च जोखिममा रहेका केहि घरपरिवारलाई तत्कालको लागि सुरक्षित स्थानको लागि आफन्तको घरमा राख्न पहल गरेको र क्षति पुगेको ठाउँहरुको अलोकन गरि तत्कालको लागि रोकथामको प्रयास गरिहेको अधिकारीले बताउनुभएको छ ।

यसैगरी गएरातिको वर्षासंगै गाउँमाथीबाट खसेको पहिरोले त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ३ मुर्चाेकमा २ वटा गोठ भत्काएको छ । निवर्तमान वडा अध्यक्ष लोकेन्द्र कुमार थापाको गोठ भत्किएर एउटा भैंसी पुरेको र पहिरोको कारण मुर्चाेक थापा गाउँ समेत जाखिममा रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस