आज:  | Sat, 19, Apr, 2025

प्रतिनिधि सभाद्वारा किसानलाई तत्कालै मल उपलब्ध गराउन सरकारलाई निर्देशन

३० जेष्ठ २०७९, सोमबार १९:१७ मा प्रकाशित ( २ साल अघि) १३१४ पटक पढिएको
नारी बाटिका


काठमाण्डौ – प्रतिनिधि सभाले किसानलाई अविलम्ब रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक विशाल भट्टराई लगायतका सांसदले दर्ता गराएको स्थगन प्रस्तावमाथिको छलफल र कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवले दिएको जवाफपछि विशेष प्रस्तावका रूपमा निर्देशन पारित भएको हो । बैठकमा सम्भव सबै उपाय अपनाएर किसानलाई मल उपलब्ध गराउन सर्वसम्मतिले सरकारलाई निर्देशन दिइएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले रासायनिक मल कृषि उत्पादन वृद्धिका लागि अत्यावश्यक रहेको र अहिले प्रमुख बालीको रूपमा रहेको धान बाली लगाउने समयमा समेत मल उपलब्ध नभएको विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।(उज्यालो अनलाईन)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस