आज:  | Sat, 19, Apr, 2025

नेपाली कांग्रेस ज्वालामुखी –३ द्धारा नव निर्वाचित जनप्रतिनिधीलाई बधाई तथा शुभकामना प्रदान

२९ जेष्ठ २०७९, आईतवार ०७:२८ मा प्रकाशित ( २ साल अघि) १४१८ पटक पढिएको
नारी बाटिका


धादिङ – नेपाली कांग्रेस ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ ले नव निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा शुभकामना दिईएको छ ।
आज नेपाली कांग्रेस ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ का ईकाई सभापति पुस्कर तामाङको अध्यक्षतामा वडा नम्बर ३ का नवनिर्वाचित वडा अध्यक्ष उमेश श्रेष्ठ लगाएत वडा सदस्यहरुलाई बधाई तथा शुभकामना दिईएको नेपाली कांग्रेस घरघर जाऔं कांग्रेस जिताऔं अभियानका सहसंयोजक सालिकराम सेढाईले जानकारी दिनुभयो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ईकाई सभापति पुस्कर तामाङले वडा नम्बर ३ को विकासको निम्ति कसैको आग्रह पूर्वाग्रहमा नलागि निस्वार्थ भावनाले काम गर्न सुझाव दिनुभएको छ । साथै जनताले दिएको अमुल्य मतको कदर गरेर जनताको हरेक समस्या तथा गुनासालाई सम्बोधन गर्न पनि आग्रह गर्नुभएको छ ।
त्यस्तै नेपाली कांग्रेस ज्वालामुखी गाउँपालिकाका सचिव जगन भट्टले अबको ५ वर्ष सम्म निष्पक्ष रुपमा जनताको सेवामा रहेर काम गर्न नव निर्वाचित जनप्रतिनीधिहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा नवनिर्वाचित वडा अध्यक्ष उमेश श्रेष्ठले पार्टीले दिएको निर्देशनलाई आत्मासाथ गर्दै सम्पुर्ण वडावासिको सेवामा अहोरात्र रुपमा खटिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस