आज:  | Sat, 19, Apr, 2025

पशुपति टोल विकास संस्थाको अध्यक्षमा सूर्य बहादुर थापा चयन

२८ जेष्ठ २०७९, शनिबार १९:२२ मा प्रकाशित ( २ साल अघि) १२५३ पटक पढिएको
नारी बाटिका


धादिङ – धादिङबेशीमा पशुपति टोल विकास संस्थाको गठन गरिएको छ ।
आज सूर्य बहादुर थापाको अध्यक्षतामा १३ जना नयाँ कार्यसमिति चयन गरिएको पशुपति टोल विकास संस्थाका सचिव सुशिला भण्डारीले जानकारी दिनुभयो ।
जसको उपाध्यक्षमा भगवती खनाल, सचिवमा सुशिला भण्डारी, कोषाध्यक्षमा शिवव हुमागाई चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा कोपिला रिजाल, अनुसा लम्साल, कविता श्रेष्ठ, अम्बिका रिजाल, मनिका थापा, प्रदुन्न भट्ट, सिता अधिकारी भट्ट, तुल्सी प्रसाद लम्साल र तोरण बहादुर भण्डारी रहनुभएको छ ।

उक्त कार्यक्रममा टोल विकास महासंघका अध्यक्ष नर बहादेर श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष गणेश कुमार श्रेष्ठ, सदस्य काजी मान रोक्का लगाएत स्थानीयवासिहरुको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस