आज:  | Sat, 19, Apr, 2025

नुवाकोटको प्रसारण लाइनमा मान्छे चढेपछि ६० मेगावाटको त्रिशूली थ्री ’ए’ आयोजना बन्द

२८ जेष्ठ २०७९, शनिबार १७:१० मा प्रकाशित ( २ साल अघि) १२०४ पटक पढिएको
नारी बाटिका


नुवाकोट – नुवाकोटको ककनी नगरपालिका ७ मा विद्युतिय प्रसारण लाइनको तारमा बिहान १० बजेदेखि एक जना मानिस झुण्डिरहेका छन् ।

उनी १० बजेतिर चुरालेस्थित त्रिशुली थ्री ए को पोलबाट नाङ्गो तारमा पुगेका थिए । उक्त समयमा लाइन नभएको समय परेको हुनाले उनलाई करेन्ट लागेन ।

पोलमा चढेर विद्युतीय तारमा पनि हिँडिरहेका बेलकोटगढी नगरपालिका १३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यतिबेला मानसिक सन्तुलन गुमाएका विक चढेपछि आयोजना नै बन्द गरिएको छ । त्रिशुली थ्री ए बन्द हुँदा अहिले प्राधिकरणलाई विद्युत व्यवस्थापनमा समस्या परेको जनाएको छ।

प्रहरी र स्थानीय वासिन्दाले उनलाई सकुशल तल ओर्लन आग्रह गरिरहेका छन् । तर, उनी तल झर्न मानेका छैनन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस