आज:  | Sat, 23, Nov, 2024

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि असार १ गतेबाट नामावली दर्ता खुल्ला गर्ने

२३ जेष्ठ २०७९, सोमबार ०९:३२ मा प्रकाशित ( २ साल अघि) ३७४ पाठक संख्या
नारी बाटिका


काठमाण्डौं – निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउने तयारी गरेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै असार १ गतेबाट नामावली दर्ता खुल्ला गर्ने तयारी गरिरहेको आयोगका सह–प्रवक्ता सुर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

मतदाता नामावली दर्ता आफू रहेकै जिल्लाबाट गर्न मिल्ने गरी व्यवस्था गर्न लागेको आयोगले जानकारी दिएको छ । स्थानीय तह निर्वाचन घोषणा भएपछि मतदाता नामावली दर्ताको कार्य रोकिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस