आज:  | Sat, 23, Nov, 2024

आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य

१५ जेष्ठ २०७९, आईतवार १८:१७ मा प्रकाशित ( २ साल अघि) ५५३ पाठक संख्या
नारी बाटिका


काठमाण्डौ – सरकारले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको छ । दीगो विकास तथा वातावरण संरक्षणमा ध्यान दिई उच्च मूल्यका पर्यटक भित्र्याउने समेत बजेटमा उल्लेख छ ।

पर्यटन क्षेत्रको पुनरुत्थानमा ध्यान दिइएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो । ऐतिहासिक तथा पुरातात्विक सम्पदाको उत्खननमा ध्यान दिइने पनि बजेटमा उल्लेख छ ।

हिल स्टेशन विकासमा प्रदेश र स्थानीय तहको साथ लिइने भएको छ । पदमार्गमा सञ्चार सुविधाको पहुँच विस्तार गरिने भएको छ । ग्रेट हिमालयन ट्रेलको स्तरोन्नती समेत बजेटमा समेटिएको छ । सगरमाथामा पर्वतारोहण अनुसन्धान केन्द्र बनाइने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस