आज:  | Sat, 23, Nov, 2024

पाइलटको मोबाइलको नेटवर्क चलिरहेको छ ः प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डे

१५ जेष्ठ २०७९, आईतवार १४:२० मा प्रकाशित ( २ साल अघि) ५०६ पाठक संख्या
नारी बाटिका


काठमाडौँ – आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको ’अल्फा इको ट्यांगो’ कल साइन भएको विमानका पाइलटको मोबाइलको नेटवर्क चलिरहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले विमानका पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरिरहेको पाइएको जनाएको छ । त्यही अनुसार लोकेसन ट्रेसिङको काम भइरहेको प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,’हामीले खोजी कार्यलाई तीव्रता दिइरहेका छौं । स्थल र हवाइ मार्गबाटै खोजी गरिरहेका छौं । पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरिरेहको पाइएको छ । हामीले त्यही अनुसार लोकेसन ट्रेसिङ गरिरेहका छौं ।’ धावालागिरी हिमाल नजिकै नै पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरिरहेको देखिएको छ ।

कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज ११ बजिसक्दा पनि सम्पर्कमा आएको छैन ।

विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को–पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए । उक्त जहाजमा १३ नेपाली, ४ भारतीयसहित २ अन्य देशका नागरिक थिए ।(ई–कान्तिपुर)

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस