आज:  | Sat, 23, Nov, 2024

राष्ट्रिपति भण्डारीद्धारा ८ सय ३४ कैदीको कैद सजाय मिनाहा

१४ जेष्ठ २०७९, शनिबार ०७:३८ मा प्रकाशित ( २ साल अघि) ५५३ पाठक संख्या
नारी बाटिका


काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सय ३४ जना कैदीको कैद सजाय मिनाहा गर्नुभएको छ । गणतन्त्र दिवसको अवसरमा विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८ सय ३४ जना कैदीको सजाय माफी गरिएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसहित २ सय ७१ जना र नरबहादुर साँवासहित ५ सय ४७ तथा उमाकान्त पराजुलीसहित १६ जनालाई यही जेठ १५ गतेदेखि कैद माफी मिनाहा भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गणतन्त्र दिवस–२०७९ भोलि मनाइँदैछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस