आज:  | Fri, 11, Apr, 2025

नारी जागरण केन्द्र द्वारा नीलकण्ठ नगरपालिकाका नवनिर्वाचित मेयर ढुंगानालाई सम्मान

१० जेष्ठ २०७९, मंगलवार २३:१५ मा प्रकाशित ( २ साल अघि) २६०३ पटक पढिएको
नारी बाटिका


धादिङ – धादिङको नीलकण्ठ नगरपालिकाको नव निर्वाचित मेयर भिमप्रसाद ढुङ्गानालाई नारी जागरण केन्द्र द्वारा सम्मान तथा शुभकामना दिईएको छ ।

लामो समय देखी धादिड जिल्लामा महिलाको क्षेत्रमा काम गर्दै आएको नारी जागरण केन्द्रले बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयी हुनुभएका ढुंगानालाई आज केन्द्रकी कार्यकारी निर्देशक भगवती उप्रेती द्वारा सम्मान पत्र प्रदान इज्ज गरिएको हो । उक्त कार्यक्रममा नारी जागरण केन्द्रकी कार्यकारी निर्देशक भगवती उप्रेतीले कार्यक्रमको उदेश्यको बारेमा जानकारी गराउनु भएको थियो ।

धादिङको १३ वटै स्थानीयतह अन्तर्गत नीलकण्ठ नगरपालिका पालिका मध्ये जिल्लाकै एकमात्र ठुलो पालिका हो । स्थानीय तह निर्वाचनमा प्रमुखमा नेपाली कांग्रेस बाट भिम प्रढुंगाना र गठबन्धनबाट उपप्रमुख दीपक विश्वकर्मा नेकपा माओवादी बाट चुनावी मैदानमा उत्रिनु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस