आज:  | Sat, 23, Nov, 2024

नीलकण्ठ नगरपालिकाको मेयरमा ढुङगाना र उपमेयरमा विश्वकर्मा विजयी

५ जेष्ठ २०७९, बिहीबार १९:३० मा प्रकाशित ( २ साल अघि) ६९३ पाठक संख्या
नारी बाटिका


धादिङ –धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेसका उम्मेदवार भीमप्रसाद ढुंगाना विजयी हुनुभएको छ ।

उहाँले १४ हजार ५ सय ७५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका उम्मेदवार गंगादेवी श्रेष्ठले ९ हजार ६४ मत प्राप्त गर्नुभयो ।

उपमेयरमा ९ हजार ६ सय ९३ मत प्राप्त गरि माओवादीका दिपक विश्वकर्मा विजयी हुनुभएको छ । भने उहाँका प्रतिद्धन्द्धि नेकपा एमालेका उम्मेदवार फन्द्रा तामाङले ७ हजार ९ सय १३ मत प्राप्त गर्नुभयो ।

माओवादी केन्द्रबाट उम्मेदवार बनेका वडा नं १ मा गणेशबहादुर गुरुङ, वडा नं २ मा ध्वजबहादुर गुरुङ, वडा नं ५ मा रामबहादुर श्रेष्ठ, वडा नं १४ मा नमराज विजयी हुनुभएको छ ।

त्यस्तै काँग्रेसबाट वडा न ६ मा भुपेन्द्र कुमार श्रेष्ठ, वडा नं ७ मा गौतमहरि अधिकारी, वडा नं ९ मा राजन बराइली, वडा नं १० मा सरोज पाण्डे, वडा नं ११ मा रामबहादुर श्रेष्ठ, वडा नं १२ मा धर्मराज भण्डारी, वडा नं १३ मा सोमबहादुर गुरुङ विजयी हुनुभएको छ ।

त्यस्तै नेकपा एमालेबाट वडा नं ४ मा हरिबहादुर श्रेष्ठ विजयी हुनुभएको छ । वडा नं ३ मा राजकुमार श्रेष्ठ र वडा नं ८ मा स्वतन्त्र तर्फबाट प्रकाश श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस