आज:  | Sat, 23, Nov, 2024

धादिङमा निर्वाचनको सबै तयारी पूरा

२९ बैशाख २०७९, बिहीबार १८:४१ मा प्रकाशित ( २ साल अघि) ४७३ पाठक संख्या
नारी बाटिका


धादिङ – बैशाख ३० गते अर्थात् भोलि हुने स्थानीय तहको निर्वाचनको लागि सबै तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यलय धादिङले जनाएको छ ।

धादिङका मूख्य निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवालीका अनुसार धादिङको सबै मतदान केन्द्र र स्थलमा मतदानका लागि तयारी पूरा भएको जानकारी दिनुभयो ।

त्यस्तै अशक्त, अपाङगता, गर्भवती वृद्धवृद्धाहरुको लागि मतदान गर्ने छुट्टै विस्राम लाईनको व्यवस्था गरिएको ज्ञवालीले बताउनुभयो । धादिङमा मतदान स्थल १०९ र मतदान केन्द्र ३०३ रहेको छ भने निर्वाचनको लागि १५ हजार १४ कर्मचारीलाई परिचालन गरिएको जिल्ला निर्वाचन कार्यलय धादिङले जनाएको छ ।

त्यसमध्ये धादिङमा कुल जम्मा मतदाता संख्या २ लाख ६८ हजार ४ सय ७२ मदाता रहेका छन् । जसमा महिला १ लाख ३६ हजार ४ सय ३१ जना, १ लाख १ लाख ३२ हजार ४० र अन्य मतदाता १ जना रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस