आज:  | Sat, 23, Nov, 2024

मतदाताहरुलाई धम्क्याउँदै सिद्धलेकका अध्यक्ष

२८ बैशाख २०७९, बुधबार १७:३२ मा प्रकाशित ( २ साल अघि) ३३७ पाठक संख्या
नारी बाटिका


धादिङ –  धादिङको सिद्धलेक गाउँपालिकाका अध्यक्षले मतदाताहरुलाइ धम्क्याउन थालेको स्थानीयहरुले आरोप लगाएका छन् ।

सिद्धलेक गाउँपालिका वडा नं १ का अर्चले टोलका मोहन तिमल्सिनाले भन्नुभयो, ‘हामीहरु उहाँहरुको विपक्षी पार्टीको कार्यकर्ता भएकै निहुँमा अनावश्यक धम्की दिन थालिएको छ । एमालेका कार्यकर्ताहरु दिनहुँ आउने र हाम्रो टोललाइ निगरानीमा राखेको भन्दै पड्काउने र चड्काउने सम्मको कुरा गर्न थालेका छन् ।’

केहीदिन यता एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेद्वार बनेका निवर्तमान गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालको संकास्पद गतिविधि बढिरहेको र आफुहरुलाइ धम्कीपुर्ण भाषा प्रयोग गर्न थालेको नेपाली काँग्रेसका कार्यकर्ता निरज भट्टले बताए ।

बुधवार पनि अध्यक्षका उम्मेद्वार सिलवाल संगै आएका एमाले कार्यकर्ता समुन्द्र सिलवालले आफुहरुलाइ एमालेलाइ सहयोग नगरे जे पनि हुन सक्ने भन्दै धम्कीपुर्ण भाषा प्रयोग गरेको र उक्त धम्की दिदै गर्दा एमाले अध्यक्षका उम्मेद्वार सिलवाल त्यही रहँदा पनि मौन बसेकाले आफुहरु असुरक्षित महशुस गरेको तिमल्सेनाले बताउनुभयो ।

मतादातालाइ तर्साउने धम्काउने गर्न थालेको काँग्रेसका स्थानीय युवाहरु दिनेश पौडेल र प्रमोद न्यौपानेले आफुलाइ ज्यान लिनेसम्मको धम्की आएपछि असुरक्षित महशुस गरेको बताएका छन् ।

यता सिद्धलेक गाउँपालिकाका अध्यक्ष पदका उम्मेद्वार एंव निवर्तमान अध्यक्ष प्रेमनाथ सिलवालले भने आफूहरुले सम्झाइ बुझाइ गरेकोलाई धम्काएको भन्न नमिल्ने बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस