आज:  | Sat, 23, Nov, 2024

धादिङमा आज राति १२ बजे देखि मदिरा बिक्री गर्न रोक

२७ बैशाख २०७९, मंगलवार १९:१३ मा प्रकाशित ( २ साल अघि) २५६ पाठक संख्या
नारी बाटिका


धादिङ – जिल्ला प्रशासन कार्यालय धादिङले आज राति देखि मदिरा बिक्री र सेवन गर्न रोक लगाएको छ ।

प्रशासनले आज एक सूचना जारी गर्दै राति १२ बजे देखि बैशाख ३१ गते दिउँसो १२ बजेसम्मका लागि मदिराजन्य पदार्थ बिक्रि वितरण र सेवन गर्न नपाईने जनाएको हो । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्लामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको जिल्ला प्रशासनले जनाएको हो ।

मदिराजन्य पदार्थ सेवन गरेर शान्ति सुव्यवस्थामा खलल पार्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले जिल्लामा मदिरा सेवन तथा बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएका हुन् ।

यदि नियम विपरित क्रियाकलाप गरेको पाईएमा प्रचलित कानुन बमोजिम विक्रेतालाई समेत कारवाही गरिने जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस