आज:  | Sat, 23, Nov, 2024

लक्षित वर्गका हितमा निर्वाचन स्थल निर्माण गर्नुपर्ने धादिङका महिला अधिकारकर्मीको माग

२७ बैशाख २०७९, मंगलवार ०८:५४ मा प्रकाशित ( २ साल अघि) ३२४ पाठक संख्या
नारी बाटिका


धादिङ – स्थानीय तहको निर्वाचन आउन अब दुई दिन बाँकी छ । निर्वाचन नजिकिएसँगै धादिङका महिला अधिकारकर्मीहरु द्वारा लक्षित वर्गका हितमा निर्वाचन स्थल निर्माण गरिनु पर्नेमा जोड दिएका छन् ।

सोमबार नारी जागरण केन्द्र धादिडको आयोजना र नेपाल अपांडता महिला संघ धादिडको सहयोगमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि सो कुरामा जोडी दिएका हुन् ।

नारी सुरक्षा आवास धादिडको हलमा सम्पन्न कार्यक्रममा मतदान स्थलमा अपाङगता तथा लक्षित वर्गका लागी मतदान गर्न सहज स्थल हुने पहुँच कसरी बनाउन सकिन्छ भन्ने बारेमा नेपाल अपांडता महिला संघ कार्यक्रमका फ़ोकल पर्सन जानुका सुवेदी, नारी जागरण केन्द्रकी अध्यक्ष चित्र कुमारी भण्डारी, नारी विकास सहकारिका का सचिव सुशिला भण्डारी, लगायतले विचार व्यक्त गर्नु भएको थियो ।

त्यसैगरी नारी जागरण केन्द्रकी कार्यकारी निदेशक भगवती उप्रेती र नेपाल अपांगता महिला संघ धादिङकि अध्यक्ष सम्झना रिजालले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

सोमबार नारी सुरक्षा कार्यक्रम हलमा आयोजित अन्तरक्रिया कार्यक्रममा अपाङगता,अशक्त भएका व्यक्तिहरु,गर्भवती,सुत्केरी तथा लक्षित वर्गका लागि विशेष निर्वाचन स्थलको व्यवस्था गर्न माग समेत गरिएको छ ।कसरी सुरक्षितका साथ मतदान स्थल सम्म पुर्याउने , मतदान गर्दा के कस्तो कुरामा ध्यान दिने लगाएतका बारेमा कार्यक्रमका सहभागीहरुले चासो राखेका थिए ।

अपाङगता भएका र लक्षित वर्ग जस्तै सुत्केरी, गर्भवती,बृद्धवृद्धा तथा अशक्त भएका मतदाताहरुलाई सहज पुग्ने गरि मतदाता केन्द्रलाई व्यवस्थित बनाउनाई निर्वाचन गर्नको निम्ति नारी जागरण केन्द्रले जिल्ला निर्वाचन कार्यालयका प्रमुख समक्ष लिखित पत्रका साथ अनुरोध गर्ने उप्रेतीले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस