आज:  | Sat, 23, Nov, 2024

स्थानीय तहका चुनावका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

२६ बैशाख २०७९, सोमबार १९:२१ मा प्रकाशित ( २ साल अघि) २१३ पाठक संख्या
नारी बाटिका


काठमाण्डौं – स्थानीय तहको चुनावका दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आगामी वैशाख ३० शुक्रवारका दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको हिजो बसेको बैठकको निर्णय अनुसार गृह मन्त्रालयले बिदा दिएको हो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सरकारी कार्यालय र सार्वजनिक निकायहरूमा वैशाख ३० मा सार्वजनिक बिदा दिने निर्णय भएको बताउनुभयो ।

यस्तै मतदान केन्द्र रहेका विद्यालयमा ३ दिन बिदा हुने यसअघि निर्णय भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस