आज:  | Fri, 22, Nov, 2024

स्वतन्त्र उम्मेदवारी दिएका धादिङका कांग्रेसका नेताहरुलाई पार्टीबाट निष्काशन

२२ बैशाख २०७९, बिहीबार १६:३८ मा प्रकाशित ( २ साल अघि) ३८२ पाठक संख्या
नारी बाटिका


धादिङ –नेपाली कांग्रेस धादिङले स्वतन्त्र उम्मेदवारी दिएका धादिङका कांग्रेसका नेताहरुलाई पार्टीबाट निष्काशन गरेको छ ।

आज नेपाली काँग्रेस जिल्ला कार्यसमिति धादिङले एक बिज्ञप्ती जारी गर्दै स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध जिल्लाको बिभिन्न स्थानिय तहको विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्काशन गरेको जनाएको छ ।

केन्द्र र जिल्लाको अनुरोधलाई वेवास्ता गर्दै आफ्ना उम्मेदवारी कायमै राखेका पार्टी सदस्यहरू देवीप्रसाद सिलवाल(बेनिघाट रोराङ गाउँपालिका), कल्पना अधिकारी (नीलकण्ठ नगरपालिका), टेकजंग लामा (नेत्रावती डबजोङ गाउँपालिका), फुलबहादुर तामाङ (खनियावास गाउँपालिका) र सरिता तामाङ (खनियावास गाउँपालिका) लगायत निजहरूका प्रस्तावक र समर्थक साथै अन्य स्वतन्त्र उम्मेदवार रहेका पार्टी सदस्य, निजहरूका प्रस्तावक र समर्थक रहेका पार्टी सदस्यहरूलाई कांग्रेसको विधान २०१७(संशोधन सहित) को धारा ४ उपधारा १३ (ग) बमोजिम आजबाट सदस्यसमेत नरहने गरी निष्कासन गरिएको हो ।

स्वतन्त्र उम्मेदवारी फिर्ताका लागि केन्द्रीय कार्यालयले बैशाख १६ गते सार्वजनिक अनुरोध गरेको, प्रस्तावक र समर्थक बनेका पार्टी सदस्य समेतले उक्त उम्मेदवारीप्रति पुनर्विचार गरी बैशाख २१ गतेभित्र सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरेर उम्मेदवारी निष्क्रिय गर्न र आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुन पुन केन्द्रीय कार्यालयले सार्वजनिक अनुरोध गरेको र जिल्ला नेतृत्वले पटक–पटक अनुरोध गर्दा समेत फिर्ता नलिएका सदस्यहरूलाई कांग्रेसबाट निष्काशित गरिएको जिल्ला सभापति रामनाथ अधिकारी द्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ।

 

साथै निष्काशित भएकाहरूलाई नेपाली कांग्रेसको झण्डा, लोगो र ब्यानर प्रयोग नगर्न समेत आग्रह गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस