आज:  | Fri, 22, Nov, 2024

उम्मेदवारले मतदाता शिक्षामा ध्यान नदिदा मतदाता अन्योलमा

२२ बैशाख २०७९, बिहीबार ०९:३७ मा प्रकाशित ( २ साल अघि) ३९३ पाठक संख्या
नारी बाटिका


काठमाण्डौं – स्थानीय तहको चुनाव आउन अब ८ दिन बाँकी छ । चुनाव नजिकए सँगै घरदैलोमा मत माग्न हिड्ने उम्मेदवारहरुले अनेकौ तरिका अपनाउदै हिडिरहेका छन् ।
तर आफूलाई मतदानका लागि अपिल गरिरहेका उम्मेदवारको ध्यान मतदाता शिक्षामा भने पुगेको देखिँदैन । उम्मेदवारले केबल फलानो चिह्नमा मतदान गर्नुहोला मात्रै भन्ने गरेका छन् । ठूलो र धेरै मत चिह्न रहेको मतपत्रले जो कोही पनि झुक्किने अवस्था छ । स्थानीय निर्वाचनमा प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष दुई, वडाध्यक्ष र पाँच वडासदस्य गरी सात स्थानमा मतदान गर्नुपर्ने छ । मतदाता शिक्षा नहुँदा धेरै मत बदर हुनसक्ने देखिएको छ ।

यस्तै पाँच दलीय गठबन्धन र तालमेलका कारण सात स्थानमा मतदान गर्दा मत चिह्न फरक–फरक समेत रहेकाले नागरिकले मतदाता शिक्षाबिनै मतदान गर्नसक्ने अवस्था छैन । त्यसले गर्दा पनि राजनीतिक दलले भोट माग्न जादा नागरिकहरुलाई मतदाता शिक्षा तर्फ जोड दिन आवश्यक देखिएको छ ।

 

निर्वाचन आयोगले दिएको नमूना मतपत्रअनुसार राजनीतिक दलहरुले आफ्नो चुनाव चिह्नमा स्वस्तिक छाप लगाएर मतदातालाई दिँदै आएका छन् । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि कुनै व्यवस्था नगरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस