आज:  | Tue, 08, Apr, 2025

म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने युवक पक्राउ

२१ बैशाख २०७९, बुधबार १९:२८ मा प्रकाशित ( २ साल अघि) १४८९ पटक पढिएको
नारी बाटिका


काठमाण्डौं – सामाजिक संजाल फेसबुक र टिकटकमा म्यादी प्रहरीको युनिफर्म लगाएर गलत सन्देश जाने भिडियो बनाएर भाइरल बनेका युवकलाई आज प्रहरीले पक्राउ गरेको छ ।
युवकहरूलाई सामाजिक संजालमार्फत गाँजा र सुर्ती खान आह्वान गरेको आरोपमा बाणगंगा नगरपालिका घर भएका १८ वर्षीय नवराज रेग्मीलाई पक्राउ गरिएको कपिलवस्तुका एसपी दान बहादुर कार्कीले बताउनुभयो ।

समाजिक संजालमा भिडियोमार्फत उनले भनेका छन–‘गाँजा, सुर्ती खाइन्छ, खाओ केटा हो ।’ ४० दिनको लागी इन्सपेक्टर भन्दा पनि म्यादी ठूलो हुने तर्क गर्दै उनले भनेका छन–‘मेदी होक्या ।’ प्रहरीको अनुसन्धानबाट उनी वास्तविक म्यादी प्रहरी नभएको खुलेको छ ।

उनलाई युनिफर्म दिएको आरोपमा म्यादी प्रहरी पुरन भट्टराईलाई पनि प्रहरीले पक्राउ गरेको छ । म्यादीको युनिफर्म दुरुपयोग गरेर कानुन कार्यान्वयन गर्न सहयोग गर्ने तालिम लिएर गैरकानुनी कुरामा उक्साएको आरोपमा उनिहरुलाई पक्राउ गरिएको एसपी कार्कीले बताउनुभयो । उनीहरुविरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्धा चलाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस