आज:  | Fri, 22, Nov, 2024

देशभरका मुस्लिम समुदायले ईद उल फित्र पर्व मनाउदै, आज सार्वजनिक बिदा

२० बैशाख २०७९, मंगलवार ०७:१९ मा प्रकाशित ( २ साल अघि) २११ पाठक संख्या
नारी बाटिका


काठमाण्डौ – अरबी पात्रो हिजरी संवत् अनुसार आज देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर ईद उल फित्र पर्व मनाउँदै छन् ।

दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मिठा खानेकुरा खान दिने चलन छ ।

खुसीपूर्वक दान गरेर दीनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इदुल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदुल फित्र मनाउने कार्यक्रम तय हुने गरेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिनुभयो । नवौँ महिनाको अन्तिम दिन गएको बिहीवार बेलुका चन्द्रमा देखिएपछि आज इदुल फित्र मनाइएको हो ।

यसैबीच सरकारले ईदुल फित्रको अवसरमा सार्वजनिक बिदा दिएको छ । २०७८ चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इद उल फित्रका दिन सार्वजनिक बिदा दिने व्यवस्था भएको गृह मन्त्रालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस