आज:  | Fri, 22, Nov, 2024

स्थानीय तहको निर्वाचन अन्तर्गत आज उम्मेदवारविरुद्ध दाबी-विरोधको उजुरी दिन पाईने

१३ बैशाख २०७९, मंगलवार ०९:४० मा प्रकाशित ( २ साल अघि) ३८७ पाठक संख्या
नारी बाटिका


काठमाडौं – आज स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध दाबीरविरोधको उजुरी दिन पाइने भएको छ । उजुरी दिन भने निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ ।

निर्वाचन आयोगले तोकेको योग्यता पूरा नभएकाहरूविरुद्ध उजुरी दिन पाइन्छ । तर, आयोगले उम्मेदवारहरूको नामावली नै रुजु गरिसकेको छैन । आज नै उजुरी दिने समय पनि आयोगले यसअघि नै तोकेको हो ।

आयोगले प्राप्त उजुरीमाथि जाँझबुझ भने १४ र १५ वैशाखमा गर्नेछ । ​जाँझबुझपछि उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ । १६ वैशाखमा भने उम्मेदवारी फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन हुने आयोगले जनाएको छ। १७ वैशाखमा उम्मेदवार बनेकाहरूले निर्वाचन चिह्न प्राप्त गर्नेछन् । स्थानीय तहको निर्वाचन वैशाख ३० मा हुने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस