आज:  | Fri, 22, Nov, 2024

धादिङको थाक्रे स्थित जुंगेखोलामा बस र कार ठोक्किदाँ ५ जनाको मृत्यु

११ बैशाख २०७९, आईतवार २०:१७ मा प्रकाशित ( २ साल अघि) ३७६ पाठक संख्या
नारी बाटिका


धादिङ – थाक्रे गाउँपालिका वडा नम्बर ७ स्थित जुंगेखोलामा बस र कार ठोक्किदाँ ५ जनाको मृत्यु भएको छ । काठमाडौँबाट धादिङतर्फ आउदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौँतर्फ जादै गरेको बागमती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिएको हो ।

ट्याक्सीलाई ओभरट्याक गरेको कार ओरालोमा तीब्र गतिमा आएको बससँंग ठोक्किएपछि दुर्घटना भएको हो । दुर्घटनामा कारमा सवार ५ जनाको नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवम् एवक्ता जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

दुर्घटनामा परि मृत्यु हुनेमा कारका चालक तनहुको खैरेनीका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेत, भारतको उत्तरप्रदेशका ४० वर्षीय बिमलचन्द्र अग्रवाल, ३५ वर्षीय साधना अग्रवाल, ४० वर्षीय सन्ध्या अग्रवाल, ५५ वर्षीय राकेश अग्रवाल रहेका छन् ।

दुर्घटनामा घाईते भएका उनीहरुको उपचारका क्रममा चालक डिलबहादुर र बिमलचन्द्रको टिचिङ अस्पताल र अन्यको ट्रमा सेन्टरमा मृत्यु भएको हो । बसमा सवार धादिङ नीलकण्ठ नगरपालिका वडा नं ११ का २४ वर्षीय राम परियार घाईते भएका छन् । घाईतेको ट्रमा सेन्टर काठमाडौमा उपचार भइरहेको छ ।

मृत्यु भएकाहरु चारजना एउटै गाउँको रहेको प्रहरीले जनाएको छ । नेपाल घुम्नका लागि गत बैशाख ७ गते नेपाल आएका उनीहरु आइतबार पोखराबाट काठमाडौ फर्कदै थिए । सोमबार दिल्ली फर्कने टिकट समेत फेला परेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस