आज:  | Fri, 22, Nov, 2024

नारी विकास सहकारी संस्थाको आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

१० बैशाख २०७९, शनिबार २०:३१ मा प्रकाशित ( २ साल अघि) २७५ पाठक संख्या
नारी बाटिका


१० वैशाख २०७९ धादिङ
नारी वाटीका समाचारदात

ऋण जोखिम विमा सम्वन्धि तालिमको दृश्र्य

धादिङमा सहकारीमा ऋण कर्जाको जोखिम वहन वीमाको व्यवस्था विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

नारी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा उक्त अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । विशेष गरी सहकारीलाई ऋण कर्जाको जोखिम वहन वीमा गर्दा सहकारी र सहकारीमा आवद्ध शेयर सदस्यहरुलाई हुने फाईदा र बेफाईको बारेमा जानकारी गराउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।२०६३ सालमा नारी जागरण केन्द्रको सहयोग र प्रयासमा स्थापित नारी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीका मुल्य मान्यता अनुसार बचत संकलन र ऋण परिचालनको साथमा लैंगिक हिंसा विरुद्धका कार्यक्रम, जेष्ठ नागरिक विशेष , बालबालिका प्रोत्साहनको क्षेत्रमा पनि उत्तिकै सक्रियता पुर्वक काम गर्दै आएको छ ।

तेसैगरी समुह गत तथा विपन्न र लक्षित वर्गका शेयर सदस्यहरु लाई पनि व्यक्ति गत रुपमा साना व्यवशायि सहुलियत कर्जा उपलब्ध गराउदैं शेयर सदस्य हरुको आर्थिक अवस्था सुधार को पाटोमा उल्लेखनीय काम गरिरहेको छ । नारी जागरण केन्द्र द्वारा २०७२ साल देखी समुहगत रुपमा निर्माण गरी १ समुका १० जना सम्म ले माग गर्न पाउने र समुहमा आवद्द सदस्य हरु मध्य समुह सहुलियत कर्जामा छनौट भएका ले आफु व्यक्तिगत रुपमा के व्यवसाय गर्ने भन्ने निर्णय आफैले गरी लगानी गर् पाउने गरी समुहलाई सहुलियत कर्जा उपलब्ध गराउदै आएको र उत्त कार्यक्रमबाट आर्थिक अवस्था कमजोर भएका सदस्य ले १०र१२ हजारको २ वटा पाठा खरिद गरी पाल्दा वर्ष मा ३० हज़ार सम्म आम्दानी गर्न सक्ने भएका छन् । लामो समय देखी महिला शस्त्रीकरण को क्षेत्र मा काम गर्दै आईरहनु भएकी सहकारी संस्थाकी अध्यक्ष भगवती उप्रेतीले बताउनुभयो ।


कार्यक्रममा वीमा भनेको के हो वीमा किन गर्ने, यसको फाईदा र बेफाईदा के छ रु भन्ने बारेमा ज्योति लाईफ ईन्सुरेन्सका क्षेत्रीय प्रबन्धक जयराम ढुङगानाले सहभागिहरुलाई जानकारी गरानुभएको थियो ।
कार्यक्रममा ज्योति लाईफ ईन्सुरेन्स धादिङका ब्रान्च म्यानेजर जिवन सिलवाल लगाएतका कर्मचारी, सहकारी संस्था का विभिन्न उप समिति का सदस्य हरु, कर्मचारी हरु, संन्चालक समिती हरुको सहभागिता रहेको थियो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस