आज:  | Fri, 22, Nov, 2024

धादिङमा १३ वटै स्थानिय तहको निर्वाचन अधिकृतको कार्यालय स्थापना

९ बैशाख २०७९, शुक्रबार ०९:२६ मा प्रकाशित ( २ साल अघि) ६०३ पाठक संख्या
नारी बाटिका


धादिङ – धादिङको १३ वटै स्थानिय तहमा निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ । सदरमुकाम धादिङवेशींको भने निलकण्ठ नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले सम्पूर्ण निर्वाचनको काम गर्ने निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकृत सन्तोष कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
निर्वाचन अधिकृतको कार्यलयले उम्मेद्वारको मनोनयन दर्ता,मनोनयन दर्ता भएको उम्मेद्वारको सूची प्रकाशन गर्ने, उम्मेद्वारको विरोधमा उजुरी दिने, मनोनयन पत्र जाँच गर्ने र उजुरी उपर जाँचबुझ गरि निर्णय गर्ने,उम्मेद्वारको नामावली प्रशासन गर्ने, उम्मेद्वारले नाम फिर्ता लिने, उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने, निर्वाचन चिन्ह प्रदान गर्ने, आचारसहिंता पालना भए नभएको अनुगमन देखी निवार्चन परिणामको घोषणा सम्मको कार्य गर्ने उहाँले बताउनुभयो ।

निर्वाचन अधिकृतहरुको नियुक्ती पनि यसअघि भईसकेको छ । धादिङको नीलकण्ठ नगरपालिकामा मुख्य निर्वाचन अधिकृतमा धादिङ जिल्ला अदालतका जिल्ला न्यायधिस रमेश प्रसाद ज्ञवालीलाई तोकिएको छ भने धुनिवेशी नगरपालिकाका निर्वाचन अधिकृतको जिम्मा सर्वोच्च अदालतका इजलास अधिकृत राजकुमार आचार्यले पाउनुभएको छ ।

यस्तै खनियाबास गाउँपालिकामा राष्ट्रिय योजना आयोगको सचिवालय काठमाण्डौँका उप–सचिव गोकुल खड्का, गंगाजमुना गाउँपालिकामा मालपोत कार्यलय धादिङका प्रमुख रामकृष्ण तामाङ, गजुरी गाउँपालिकामा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका उप–सचिव चक्रपाणि शर्मा, गल्छी गाउँपालिकामा समाजिक विकास मन्त्रालय हेटौँडाका अधिकृत दिपेन्द्र सुवेदी, ज्वालामुखी गाउँपालिकामा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग ललितपुरमा कार्यरत उप–सचिव हिरामणि सुवेदीलाई निर्वाचन अधिकृत तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

यसैगरी थाक्रे गाउँपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय उप–सचिव महेन्द्र प्रसाद सांखी, त्रिपुरासुन्दरी गाउँपालिकामा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग ललितपुरका उपन्याधिवक्ता गोपाल लामिछाने, नेत्रावती डबजोङ गाउँपालिकामा वैदेशिक रोजगार न्याधिकरणका रजिष्टार आनन्दराज पन्त, बेनिघाट रोराङ गाउँपालिकामा उच्च सरकारी वकिल कार्यलय पोखराका उपन्याधिवक्ता खेमराज पाठक, रुवीभ्याली गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत भीमप्रसाद सुवेदी र सिद्धलेक गाउँपालिकामा धादिङ जिल्ला अदालतका श्रेस्तेदार खुमप्रसाद भण्डारीलाई निर्वाचन अधिकृत तोकिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस