आज:  | Fri, 22, Nov, 2024

रुविभ्यालीको पहिरोमा पुरिएका दुईजनाको शव ३ महिना पछि फेला

७ बैशाख २०७९, बुधबार १९:३५ मा प्रकाशित ( २ साल अघि) ३३६ पाठक संख्या
नारी बाटिका


धादिङ – उत्तरी धादिङको रुविभ्याली गाउँपालिका वडा नं १ तिप्लिङको लिङ्जोमा सडक खन्ने क्रममा पहिरोले डोजरसहित पुरिएका दुई जनाको शव तीन महिनापछि आज फेला परेको छ ।

सडकको नयाँ ट्र्याक खन्ने क्रममा डाेजर सहित पहिरोमा पुरिएका डोजर चालक मकवानपुरको बकैया–२ का पूर्ण बहादुर रुम्बा र स्थानीय धन तामाङको शव सडेगलेको अवस्थामा फेला पारेको हो ।

खोलामा पुरिएको डाेजर सहित दुबैजनाको शव भेटिएको र उनीहरुले लगाएको कपडाको आधारमा शव पहिचान गर्न सकिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो । गत पुष २९ गतेको एउटै पहिरोमा पुरिएका सहचालक राजु तामाङको २ दिनपछि नै शव भेटिए पनि डोजर चालक रुम्बा र स्थानीय तामाङ बेपत्ता नै थिए । पहिरोबाट डोजरको पाटपुर्जा निकाल्ने क्रममा दुबै शवको कंकाल मात्रै भेटिएको हो ।

ढुंगामाटो पन्छाउँदै डोजरका सामानहरु निकाल्ने क्रममा कुहिएको जस्तो गन्ध आउन थाल्यो, त्यसपछि आफन्त र गाउँलेहरु मिलेर खोतल्दै जाँदा टाउँको हड्डी, मेरुदण्ड, हात खुट्टाका हड्डीहरु र मासुजति कुहिएको अवस्थामा भेटिएको स्थानीय टेक घलेले बताउनु भयो । दुबैजनाको शव आफन्तलाई जिम्मा लगाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस