आज:  | Mon, 16, Sep, 2024

सत्यमोहन जोशीको आईसीयूमा राखेर उपचार थालियो

३ बैशाख २०७९, शनिबार १८:५० मा प्रकाशित ( २ साल अघि) ४३२ पाठक संख्या
नारी बाटिका


काठमाण्डौ – वाङमय शताव्दीपुरुष सत्यमोहन जोशीलाई आईसीयूमा राखेर उपचार थालिएको छ । बिहीबार छाती दुख्नुको साथै पिसाबमा समस्या भएपछि ललितपुरको किष्ट अस्पतालमा भर्ना गरिएका जोशीको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

गएरातिदेखि मुटुको चाल अस्थिर भएपछि आईसीयूमा राखेर उपचार भइरहेको र अहिले अवस्था सन्तोषजनक रहेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ । बितेको तीन वर्षदेखि शताब्दीपुरुष जोशीको उपचार गर्ने जिम्मा किष्ट अस्पतालले लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस