आज:  | Fri, 22, Nov, 2024

धादिङको रुबिभ्याली स्थित सेर्तुङमा पहिलोपटक एम्बुलेन्स सेवा संचालमा

३ बैशाख २०७९, शनिबार १८:३७ मा प्रकाशित ( २ साल अघि) ३७४ पाठक संख्या
नारी बाटिका


धादिङ – धादिङको रुबिभ्याली गाउँपालिका स्थित सेर्तुङमा सडक संजाल पुगेपछि पहिलोपटक एम्बुलेन्स सेवा संचालनमा आएको छ । लामो समयको प्रतिक्षा पछि गाउँमा सडक पुगेपछि सेर्तुङको ग्रामिण अस्पतालमा एम्बुलेन्स सेवा संचालनमा आएको हो ।
यातायातको पहुँच पुग्न नसकेको गाउँमा अहिले सडक सञ्जाल पुगेपछि पहिलो पटक एम्बुलेन्स सेवा संचालनमा आएको हो । स्थानीय सरकार आएपछि सडक संजालको निम्ति धेरै प्रयास गर्दा अन्तिम समयमा आएर भएपनि सडक सञ्जाल जोड्न सफल भएको गाउँपालिकाका अध्यक्ष चेरुङ तामाङले जानकारी दिनुभयो ।
पहिले गाउँमा दुर्घटना अथवा विपतीमा परेकाहरुलाई उद्धार गर्नको निम्ति हेलिकप्टरको प्रयोग गर्नुपर्ने र धेरै अप्ठ्यारो परिस्थिती झेल्नुपर्ने बाध्यता अब हटेको गाउँपालिकाका उपाध्यक्ष बिना लामाले बताउनुभयो ।
सडक नपुग्दा खाद्यान्न लगायत आधारभूत आवश्यकताका सामाग्रीहरु घरसम्म लान खच्चर अथवा मान्छेले नै बोकेर लानुपर्ने समस्या थियो अब यातायातको पहुँच पुगेपछि ती दुःखका दिनहरु हट्ने प्रति स्थानीयवासिहरु विश्वस्त छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस