आज:  | Fri, 22, Nov, 2024

व्यक्तिगत स्वार्थबाट माथि उठेर जनताको हितमा काम गर्न लाग्नेछु

२ बैशाख २०७९, शुक्रबार १४:०७ मा प्रकाशित ( २ साल अघि) ६७८ पाठक संख्या
नारी बाटिका


व्यक्तिगत स्वार्थबाट माथि उठेर जनताको हितमा काम गर्न लाग्नेछु ।                           
अधिकार कर्मी भगवती उप्रेती

धादिङ,२ वैशाख ।

लामो समयदेखि विभिन्न संघ संस्थाको नेतृत्व गरी लैंगिक हिंसा विरुद्धमा वकालत र पैरवीगर्दै,नागरिकका आर्थिक,सामाजिक,स्वास्य र सुचनामा पहुँच हुनु पर्छ भन्ने सवालमा काम गरी हरेक कार्यमा निकै अब्बल बन्दै आउनु भएकी महिलाअधिकारकर्मी भगवती उप्रेतीले १२ औं महाधिवेशनमा क्षेत्रिय प्रतिनिधी हुदै,धादिङ जिल्ला कार्य समितीमा निर्वाचित हुनु भएको थियो भने नेपाली कांग्रेस भात्री संघ नेपाल महिला संघ धादिङ क्षेत्र न.ं२ क्षेत्रिय सभापती भई पार्टिमा पनि उत्तिकै सक्रिय रुपमा भुमिका  निर्भाह गरी आईरहनु भएको छ । सत्ते बोल्ने,बोलेका कुरा पुरा गरेरै छाड्ने,पाएको जिम्मेवारी अनुसार काम गर्ने,आफ्नो जिवन कालको १४÷१५ वर्षको किश्वरी उमेर देखी समाजका हितका  लागी केही गर्नु पर्छ भन्ने मान्यताका साथ दशकौं वर्ष समाज सेवामा विताई सकेको नेत्री भगवतीले नेपाली काँग्रेसको  १४औं महाधिवेशनमा निलकण्ठ नगरपालिका खुल्ला महिलाबाट धादिङ, क्षेत्र न.ं २ को क्षेत्रिय  प्रतिनिधीमानिर्वाचित हुनु भएको थियो साथै महाधिवेशन प्रतिनिधीको पनि प्रत्याक्षी उम्मेद्धारी हुनुहुन्छ । त्यसैगरी आगमी वैशाख ३० मा हुन गैईरहेको स्थानिय तहको आम निर्वाचनमा निलकण्ठ नगरपालिकाको बाट उप—मेयरको लागी उम्मेद्वारी दिने घोषणा गर्नु भको छ । आफ्नो जिवन कालको २० औं वसन्त    विभिन्न संघ संस्थामा महिला तथा बालबालिकाको हक,अधिकार र सम्मानको निमित्त काम गरे, अब राजनितिक तहमा बसेर प्रत्यक्ष रुपमाजनताको बिच रहेर लैङिगक विभेद अन्त्य गर्नु त छदै छ, देश विकासको लागी सकारात्कम परिवर्तन बाट लैंगिय हिसावले कुनै पनि विभेद नहोस भन्नका खातिर नेपाली समाजलाई रुपान्तरण गर्नको निम्ति पनि आफुले निलकण्ठ नगरपालिकामा उपप्रमुखमा उम्मेद्वारी दिने सोच बनाएको अधिकारकर्मी उप्रेती बताउनु हुन्छ ।
जिल्लाको सवै भन्दा जनघनत्व रहेको निलकण्ठ नगरपालिका,धादिङ जिल्लाको सदरमुकाम पनि भएको कारण यहाँ बढी जनमास रहेको छ भने अन्य पालिकको तुलनामा कामको चाप वेशी हुने गर्दछ । अझ मुख्य मत्वपुर्ण कुरा त विगतको निर्वाचनमा पनि माओवादी संग गठवन्धन गरेर मेयर उप—मेयर दुवै पुरुष नै भए । न्यायिक समितीको संयोजक पनि पालिका उप—मेयर हुने भएकोले स्थानिय तहको धेरै केस (घटना ) हरुमा न्याय दिन पर्ने हुन्छ तर पुरुष न्यायिक संयोजक भैरहदा महिला बालबालिकाले आफुलाई परेको पिडा भन्न नसकिने बताउछन यस नगरवासीहरु , जसको कारण यस नगरपालिकामा जिल्लाकै बडी लैंगिक हिंसाका घटनाहरु छन् पार्टी चलाउन जति सहज होला तर सवै नागरिकका गुनासा,समस्या,अप्ठ्यार सप्ठ्यारामा साथ दिनु जन प्रतिनिधी भएर जनताका हितमा काम  गर्नका निम्ति सक्षम व्यक्ति  चाहिन्छ ।  किन भने जनताबाट चुनियर गैई सकेपछी यो मेरो,उ तेरो नभनी कन अशल मनोभावनाले समेटेर लैजान सक्ने अशल व्यक्तित्वको आवश्यकता पर्छ ,जब पार्टीमा सक्षम  व्यक्ति हुन्छन् तब मात्रै देश र नागरिकको विकास गर्न सकिने उहाँको भनाई छ । तर अहिलेको अवस्थामा सक्षम नभई  जो संग पैसा,पावर र बल छ तेस्ता व्यक्तको पार्टीमा हावी हुने गरेको छ ।अहिले देश अप्ठ्यारो परिस्थतीमा चलिरहेको समयमा जहिले पनि देशलाई अप्ठ्यारो पर्दा नेपाली काँगे्रसले मात्रै समस्या समाधान गर्दै आएको छ । तेसै कारणले यो देशको अवको नेतृत्वमा काँगे्रसै पहिलो दल भएर आउनु पर्छ भन्ने जनताको माग रहेको हुंदा सक्षम र जनताको हितमा काम गर्न सक्ने वडा,पालिका देखी नै व्यक्ति मध्यको आफु पनि एक हो, टिकट दिनेमा विस्वस्त रहंदै,स्थानिय तहको निलकण्ठ नगरपालिकाको उप मेयर पदमा उम्मेदवारी दिने वताउनु भएको छ । साथै आफु हिजो पनि जनताकै साथमा रहेर काम गरेको भोली पनि व्यक्तिगत स्वार्थबाट माथि उठि नगरपालिकाको निम्ती   दिलोज्यान दिएर काम गर्नेछु भनी प्रतिवद्धता ; समेत व्यक्त गर्नु भएको छ । तेसैगरी हाल नेपालका सवै दल तथा पार्र्टी संगठनमा जस्तै काँग्रेस पार्टीमा पनि जनताका माझमा रहेको गुनासो र उनिहरुका समस्यालाई बुझेर काम गर्न सक्ने जनताको प्यारो व्यक्तिलाई वेवास्ता  यसलाई सुढृढीकरण गर्नका लागी सवै तह र तप्काका नेता कार्यकर्ताहरु लाग्नु पर्ने आजको मुख्य आवाश्यकता रहेको बताउनु हुन्छ । आगमी वैशाख ३० मा देशभर हुन गैरहेको निर्वाचनलाई मर्यादित र अनुशासित बनाउनको लागी सरकारका न्याय पालिका,कार्यपालिका,व्यवस्थापिका,अन्र्तगतका सवै समेन्त्र  तथा राजनितिक दलका नेतृत्व तह संग विषेश अनुरोध गर्नु हुंदै ,त्यसैगरी निर्वाचन सफल पार्न  हार्दिक आग्रह पनि गर्नु भयो ।
लामो समयदेखी महिला बालबालिकाको क्षेत्रमा काम गर्दै , नारी जागरण केन्द्र धादिङको कार्यकारी निर्देशक, धादिङ जिल्लामै महिलाले नेतृत्व गरेका सहकारीहरु मध्यकै अब्बल मानिने नारी विकास बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष,गै.स.स.महाँसंघ धादिङको उपाध्यक्षको  मा रही  विकासमा लामो अनुभव बटुली सक्नु  भएकी उप्रेतीले विभिन्न हिंसामा परेका महिला,बालबालिका,जेष्ठ नागरिकको वकालत,पैरवी र कानुनी उपचारको निमित्त आवाश्यक सहयोग पुर्याउदै आईरहनु भएको छ । २० औं वर्ष  समाज सेवामा विताएको हुनाले जनप्रतिनिधीमा रहेर काम गर्नको लागि आफ्नो राम्रो अनुभव रहेको बताउनु हुन्छ । त्यसैले पार्टी नेतृत्व तहलाई टिकट वितरणमा विभेद नगरी दिन हुनको लागि हार्दिक आग्रह समेत गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस