आज:  | Fri, 22, Nov, 2024

ज्वालामुखी गाउँपालिका ३ को भट्टगाउँलाई वडाको पहिलो नमुना सफा तथा स्वच्छ गाउँ घोषणा

१ बैशाख २०७९, बिहीबार १८:२१ मा प्रकाशित ( २ साल अघि) ५३७ पाठक संख्या
नारी बाटिका


धादिङ–धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ को भट्टगाउँलाई पालिकाको तेस्रो र वडाको पहिलो नमुना, स्वच्छ गाउँ घोषणा गरिएको छ ।
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार समृद्ध ज्वालामुखीको मुल आधार भन्ने मुल नाराका सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विनोदराजले ब्यानरमा हस्ताक्षर गरि नमुना सफा तथा स्वच्छ गाउँ घोषणा गर्नुभएको हो ।
पुर्ण सरसफाई अभियान अन्तरगत ५ स्वच्छता व्यवहार र सो व्यवहार प्राप्त गर्न १५ वटा सुचकहरु उल्लेख गरी गत बर्षदेखी ८० घुरधुरी समेटी अभियान सन्चालन गरिएको थियो । गाउँमा परिवर्तन आउछ भन्ने कल्पना पनि नगरेका स्थानीयवासिहरु वर्षौ समयपछि आफ्नो गाउँलाई नमुना सफा तथा स्वच्छ गाउँ घोषणा गरेको प्रति खुशी व्यक्त गरेका छन् ।
वडा नम्बर ३ का वडा अध्यक्ष रुद्रमान श्रेष्ठको अध्यक्ष्यतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सिनाको प्रमुख आतिथ्य रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस