आज:  | Fri, 22, Nov, 2024

बुढिगण्डकी प्रभावितलाई न्यायोचित मुअब्जा वितरण गर्न माग गर्दै नेपाली कांग्रेस धादिङले बुझायो गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र

२४ चैत्र २०७८, बिहीबार ०७:२२ मा प्रकाशित ( २ साल अघि) ७२० पाठक संख्या
नारी बाटिका


धादिङ –नेपाली कांग्रेस धादिङले बुधबार बुढिगण्डकी आयोजनाको डुबानबाट प्रभावित क्षेत्रको वैज्ञानिक तथा न्यायोचित मुअब्जा वितरण गर्न माग गर्दै गृहमन्त्री बालकृष्ण खाँण लाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
नेपालको समृद्धिमा अति महत्वपुर्ण भुमिका निर्वाह गर्ने र जलविद्युत विकासमा कायापलट गर्ने राष्ट्रिय गौरवको १२ सय मेगावाटको जलाशययुक्त बुढिगण्डकी जलविद्युत आयोजना निर्माण र यसले पार्ने मानवीय, आर्थिक, भौतिक, पुरातात्विक, वातावरणीय लगाएतका प्रभावका सम्बन्धमा नेपाली कांग्रेस धादिङले पटक पटक सरकारको ध्यानाकर्षण गराएको छ पत्रमा भनिएको छ ।
नेपाली कांग्रेस धादिङका सभापति एवम् पूर्व सांसद रामनाथ अधिकारीको नेतृत्वमा आज काठमाण्डौ सिंहदरबार स्थित गृह मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।
उक्त आयोजना छिटो सम्पन्न गरिनुपर्ने र आयोजनाले प्रभाव पार्ने सबै क्षेत्रको सम्बोधन गरिनुपर्छ भन्ने विषय निरिन्तर उठाउदै उल्लेख गरिएको छ । आयोजना नेपाली लगानीमा निर्माण गर्ने सुनिश्चतता गरियोस्, आयोजना निर्माणको लागि पर्याप्त बजेट विनियोजन गरियोस्, आयोजना प्रभावित क्षेत्रका वासिन्दाको पुर्नवासको व्यवस्था अविलम्बन गरियोस्, जग्गा जमिन, घरगोठ टहरा, बोटविरुवा, फलफूलको वैज्ञानिक र न्यायोचित मुअब्जाको दररेट निर्धारण गरियोस् र वि.स. २०७२ चैत २० गते जग्गाको मुअब्जा निर्धारण हुँदा १० रोपनी भन्दा कम जग्गा भएकोलाई १० प्रतिशत र ५ रोपनी भन्दा कम जग्गा भएकोलाई १५ प्रतिशत थप मुअब्जा दिने निर्णय भएको तर कार्यान्वयनमा नआएकोले तत्काल कार्यान्वयनमा ल्याउन समेत माग गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस