आज:  | Wed, 05, Feb, 2025

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धादिङबेशीमा आयोजित लोकदोहोरी प्रतियोगितामा नारी जागरण केन्द्रको समुह प्रथम

२५ फाल्गुन २०७८, बुधबार ०८:५० मा प्रकाशित ( २ साल अघि) २५०३ पटक पढिएको
नारी बाटिका


धादिङ – ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धादिङबेशीमा आयोजित लोकदोहोरी प्रतियोगितामा नारी जागरण केन्द्रको समुह प्रथम भएको छ ।

“सामाजिक न्याय र लैङिगक समानता, दिगो विकासको सुनिश्चितता “भन्ने मुल नाराका साथ धादिङबेशीको निलकण्ठ माध्यामिक विद्यालयमा सम्पन्न भएको प्रतियोगितामा नीलकण्ठ नगरपालिकाको समुह द्धित्तिय, ज्योति महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड तृतीय र नारी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड सानत्वना भएको छ ।

प्रतियोगितामा प्रथम, द्धित्तिय, तृत्तिय र सान्तवना हुनेलाई क्रमश : १२ हजार ५००, ८ हजार ७५०, ६ हजार २५० र ३ हजार ७५० नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

साथै प्रतियोगितामा सहभागि अन्य ४ समुहलाई समेत यातायात खर्च वापत २/२ हजार नगद प्रदान गरिएको आयोजकले जनाएको छ ।
मंगलबार नीलकण्ठ नगरपालिका धादिङको आयोजना तथा नारी जागरण केन्द्र धादिङको व्यवस्थापन र बिभिन्न संघसंस्थाको सह–आयोजनामा श्रमिक महिला दिवसको अवसरमा धादिङबेसीमा लोकदोहोरी प्रतियोगिता सम्पन्न भएको हो ।

उक्त लोकदोहोरी प्रतियोगितामा महिला हिंसा, भ्रूण हत्या, लैङिगक विभेद लगाएतका विषय वस्तु माथि लोकदोहोरी प्रस्तुत गरेका थिए ।

लोकदोहोरी प्रतियोगिताको निर्णायक नारी जागरण केन्द्रकि निर्देशक तथा लोकदोहोरी गायिका भगवान उप्रेती ,दिपक कोईराला र पार्वती पौडेलले गर्नुभएको थियो । प्रतियोगितामा ८ वटा समुहले सहभागीता जनाएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस