आज:  | Sun, 08, Sep, 2024

ग्याल्पो ल्होसारको अवसरमा बिहीवार सार्वजनिक बिदा

१८ फाल्गुन २०७८, बुधबार १७:५५ मा प्रकाशित ( २ साल अघि) ४९७ पाठक संख्या
नारी बाटिका


काठमाण्डौ – ग्याल्पो ल्होसारको अवसरमा भोलि बिहीवार सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बैठकले शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले सूचना निकालेर जनाएको छ ।

यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदा दिइएको मन्त्रालयका सूचना अधिकारीले निकाल्नुभएको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयको सूचनाअनुसार भोलि सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था बन्द हुनेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस