आज:  | Fri, 22, Nov, 2024

गजुरीको कुपिण्डेमा ९ महिने दुग्ध उत्पादन नमुना कृषक पाठशाला समापन

२६ माघ २०७८, बुधबार ०७:३९ मा प्रकाशित ( २ साल अघि) ४०७ पाठक संख्या
नारी बाटिका


धादिङ ।
धादिङको गजुरी गाउँपालिका वडा नम्बर ७ स्थित कुपिण्डेमा ९ महिने दुग्ध उत्पादन नमुना कृषक पाठशाला समापन गरिएको छ । मंगलबार नेपाल सरकार कृषि तथा पशुपंक्षि विकास मन्त्रालय अन्तर्गत खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप) गोर्खा क्लष्टरले पाठशाला संचालन गरेको हो ।
गजुरी गाउँपालिकाको ७ र ८ नम्बर वडामा दुग्ध उत्पादन गर्दै आएका किसानलाई समूह बनाएर पाठशाला संचालन गरिएको फ्यानसेप क्लष्टर इकाइ गोरखाका प्राविधिक सहायक बलदेब सिंह महरले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले किसानको माग अनुसार बजेट व्यवस्थापन गर्न गाउँपालिका सधैं तयार रहेको बताउनुभयो । किसानले उत्पादन गरेको कृषि उत्पादन बजारसम्म पु¥याउन सडकलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि उहाँले बताउनुभयो ।
त्यस्तै उपाध्यक्ष सीता ढुंगानालले पाइलोटिङको रुपमा नेपाल सरकारले ल्याएको परियोजनाले किसानको जिवनस्थर सुधारमा सहयोग पुगेको बताउनुभएको छ । साथै प्रमुख प्रशासकीय अधिकृत राजन घिमिरेले पनि कृषि क्षेत्रको विकासको लागि गाउँपालिका तयार रहेको बताउनुभएको छ ।

 

पाठशालामा किसानहरुलाई गोठ सुधार, घाँस व्यवस्थापन, औषधि उपचार, रोगका लक्षण, लगायत पशुपालनको लागि नया प्रबिधी जस्तै परालमा युरिया मलको घोल हालेर परालमा युरिया उपचार गरि उत्पादनमा बृदी हुने, प्राबिधिक ज्ञान सिकाइएको फ्यानसेपका पशुसेवा प्राविधिक एवं पाठशालाका प्रमुख सहजकर्ता बिष्णु कुमार श्रेष्ठले जानकारी दिनुभयो । पाठशालामा पशुपालन सम्बन्धि सीप सिक्ने अवसर पाउदा स्थानीयहरु पनि दुशि भएका छन् । कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत, उपाध्यक्ष सीता ढुंगाना, प्रमुख प्रशाकीय अधिकृत राजन घिमिरे, गजुरी ७ को वडा अध्यक्ष केशव अधिकारीको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस