आज:  | Fri, 22, Nov, 2024

धादिङको रामकोट घिउरिनटारमा औद्योगिक ग्राम बन्ने

२० माघ २०७८, बिहीबार १७:०४ मा प्रकाशित ( २ साल अघि) ४३२ पाठक संख्या
नारी बाटिका


धादिङ ।
धादिङको नीलकण्ठ नगरपालिका स्थित रामकोट घिउरिनटारमा औद्योगिक ग्राम बन्ने भएको छ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयमा बिहिवार भएको सम्झौतामा ५० रोपनी क्षेत्रफलमा उक्त औद्योगिक ग्राम स्थापना हुने भएको हो ।

१४ करोड लागतको डि पि आर रहेको औद्योगिक ग्राम गत पुस ३० गतेका दिन मन्त्रिपरिषद बैठकबाट स्वीकृत भएको थियो । औद्योगिक ग्रामको स्थापनाबाट स्थानिय कच्चा पदार्थमा आधारित उधोगहरु स्थापना गरि युवा रोजगारी, उद्यमशिलताको विकासमा समग्र नीलकण्ठ नगरपालिका र धादिङ जिल्लाकै आर्थिक विकासमा महत्वपुर्ण योगदान दिने अपेक्षा रहेको छ ।

चालु आर्थिक वर्षमा नै पुर्वाधार विकासका लागि ९२ लाख रुपैँया दिने सचिव स्तरिय निर्णय समेत भएको छ । सम्झौतामा नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगाना र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सह सचिव चन्द्रकला पौडेलले हस्ताक्षर गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस