आज:  | Fri, 22, Nov, 2024

धादिङबेसीको कपास उद्योगमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

२० माघ २०७८, बिहीबार १६:५९ मा प्रकाशित ( २ साल अघि) ३४९ पाठक संख्या
नारी बाटिका


धादिङ ।
धादिङबेसीको कपास उद्योगमा गयराती आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ स्थित गणेशटोलमा रहेको धादिङ कपास प्रशोधन उद्योगमा गएराती आगोलागि भएको हो । आगोले उद्योगमा रहेको सम्पुर्ण कच्चापदार्थ नस्ट भएको छ भने मेसिनरी औजारमा समेत क्षती पुगेको छ ।

उद्योगले पुराना लत्ताकपडाबाट कपास उत्पादन गरेर सिरक डसना बनाउदै आएको थियो । स्थानीय पालिकाको दमकल बिग्रिएर समयमै दमकल ल्याउन नसकिएको प्रहरीले जनाएको छ । स्थानीय र धुनिबेसी नगरपालिकाबाट दमकल ढिला आउदा आगो नियन्त्रण गर्न ढिला भएकोले बढि क्षति भएको उद्योग संचालक शंकर पौडेलले जानकारी दिनुभयो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस