आज:  | Sun, 24, Nov, 2024

जिल्ला प्रशासन कार्यालय धादिङले बार अनुसार पालिकको काम गर्ने

१७ माघ २०७८, सोमबार १७:५६ मा प्रकाशित ( २ साल अघि) ५५० पाठक संख्या
नारी बाटिका


धादिङ ।
जिल्ला प्रशासन कार्यालय धादिङले बार अनुसार पालिकाबाट आउने सेवाग्राहीलाई सेवा प्रवाह गर्नेभएको छ । प्रशासनले आज एक सुचना जारी गर्दै भोलि मंगलबारदेखि १३ वटा स्थानिय तहका सेवाग्राहीलाई बार अनुसार सेवा प्रवाह गर्न लागिएको जानकारी गराएको छ ।
कार्यालयमा कार्यरत कर्मचारीहरु संक्रमण भई उपचार तथा आईशोलेसनमा रहेका कारण माघ ९ गते आईतबार देखि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको थियो ।
सेवा प्रवाह हुने स्थानिय तहअनुसार धुनिबेशी नगरपालिका र थाक्रे गाउँपालिकाका लागि आईतबार, गल्छी र गजुरी गाउँपालिकाका लागि सोमबार, नीलकण्ठ नगरपालिका र गंगाजमुना गाउँपालिकाका लागि मंगलबार, त्रिपुरासुन्दरी र बेनिघाट रोराङ गाउँपालिकाका लागि बुधबार, खनियाबार र नेत्रावती डबजोङ गाउँपालिकाका लागि बिहीबार, ज्वालामुखी र सिद्धलेक गाउँपालिकाका लागि शुक्रबार र रुवीभ्याली गाउँपालिकाको हकमा भने कार्यालय खुल्ने सबै बार सेवा उपलब्ध हुने कार्यालयले जनाएको छ ।
साथै हाल कोभिड १९ को संक्रमण पुर्ण रुपमा नियन्त्रण नभएको हुँदा अति आवश्यक परेकोे अवस्थामा मात्र सेवा लिन आफनो स्थानिय तहको पालो अनुसार मात्र कार्यालयमा आउन र अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गरी साथमा खोपकार्डको फोटो भएपनि लिएर आउन प्रशासनले सेवाग्राहीलाई आग्रह समेत गरेको छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस