आज:  | Sun, 24, Nov, 2024

कोरोना संक्रमणको तेस्रो लहरको प्रभाव बालबालिकामा कम

१७ माघ २०७८, सोमबार ०९:५२ मा प्रकाशित ( २ साल अघि) ४८३ पाठक संख्या
नारी बाटिका


काठमाण्डौ – कोरोना संक्रमणको तेस्रो लहरको प्रभाव बालबालिकामा कम देखिएको सरकारले जनाएको छ । युवाको तुलनामा बालबालिकामा कोरोनाको प्रभाव कम देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्रले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजो सार्वजनिक गरेको तथ्याङ्कमा पनि शून्यदेखि १० वर्ष उमेर समूहका बालबालिका देशभरमा २४ जनामात्रै संक्रमित भएका छन् । यसमध्ये गम्भीर खालको लक्षण कसैलाई पनि देखिएको छैन । हिजो सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्ति संक्रमित भएका छन् ।

हिजो यो समूहका ९ सय २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । अहिले प्राय सबैजसो विद्यालय बन्द भएकाले बालबालिका घरमै छन् । कामकाजी अभिभावकले पनि सतर्कता अपनाउने गरेका छन् । यस्तै तुलनात्मक रुपमा बालबालिकाहरु बाहिर साथीभाइसँग खेल्न धेरै नजाने र घरमै बस्ने भएकाले कोरोनाको जोखिम बालबालिकामा कम भएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस