आज:  | Fri, 26, Apr, 2024

बढी भ्रष्टाचार गर्ने देशहरुको सूचीमा नेपाल एक सय १७ औँ स्थानमा

११ माघ २०७८, मंगलवार १३:०४ मा प्रकाशित ( २ साल अघि) ३६७ पाठक संख्या
नारी बाटिका


काठमाण्डौं –यो वर्ष पनि नेपाल बढी भ्रष्टाचार गर्ने देशहरुको सूचीमा एक सय १७ औँ स्थानमा रहेको छ । भ्रष्टाचारविरुद्धको संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले आज सार्वजनिक गरेको भ्रष्टाचार मापन अवधारणा सूचकाङ्कमा नेपाल ३३ अंक प्राप्त गरी एक सय १७ औँ स्थानमा सूचीकृत भएको छ । गएको वर्ष पनि नेपाल ३३ अङ्कसहित एक सय १७ औँ स्थानमै थियो ।
सूचकाङ्कमा एक सय अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्टाचार रहेको जनाउँछ । यस वर्षको औसत स्कोर ४३ रहेको छ । नेपाल औसतभन्दा तल रहेको छ । सन् २०२० र २०२१ मा नेपालको अङ्क स्थिर रहनु भनेको भ्रष्टाचार नियन्त्रणमा कुनै प्रगति हुन नसकेको हो ।
सर्वेक्षणले नेपालमा सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग कायम रहनु, व्यापार व्यवसायमा घुसखोरी रहनु, कारबाहीमा कमी वा ढिला हुनुले भ्रष्टाचार बढेको देखाएको छ । ट्रान्सपरेन्सीले सूचनामा नागरिकको पहुँचमा कमी हुनु, राजनीतिक भ्रष्टाचार नियन्त्रण नहुनुजस्ता कारण भ्रष्टाचार कायम रहेको जनाएको छ ।
ट्रान्सपरेन्सीले ४० अङ्कभन्दा तल प्राप्त गर्ने देशलाई भ्रष्टाचार व्याप्त भएको देशको सूचीमा राख्छ । विश्व बैङ्क, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वर्ल्ड जस्टिस प्रोजेक्ट, र भीडीईएमसमेत गरी ६ वटा संस्थाले गरेको सर्वेक्षणका आधारमा सूचकाङ्क मापन हुने ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस