आज:  | Fri, 19, Apr, 2024

नारी जागरण केन्द्रको संयुक्त अन्तर पालिका वनभोज कार्यक्रम

२९ पुष २०७८, बिहीबार १३:२३ मा प्रकाशित ( २ साल अघि) १००१ पाठक संख्या
नारी बाटिका


धादिङ ।
नारी जागरण केन्द्र धादिङ र नारी विकास सहकारी द्वारा संयुक्त रुपमा अन्तरपालिका रमाइलो वनभोज कार्यक्रम सम्पन्न भएको छ । नारी केन्द्र तथा नारी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र नारी बाटिका डट कम अनलाईनको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाले प्रत्येक वर्ष अर्धवार्षिक योजना अनुसार कार्यक्रम सम्पन्न भईसके पछी वनभोज, अन्तर जिल्ला भ्रमण,जेष्ठ नागरिक तिर्थयात्रा,बालबाबालिका प्रोत्साहन कार्यक्रम,समुह नेतृत्व बिकास कार्यक्रम, लैंगिक हिंसा तथा घरेलू विरुद्ध को कार्यक्रम लगायत,कोरोना भाईरस बाट बच्नको लागी जनचेतना मुलक कार्यक्रमहरु संन्चालन गर्दै आएको छ । त्यसैगरी केही समय अघि देखी संस्थाको पहल र संस्थाकि अध्यक्ष भगवती उप्रेतीको प्रयास मा (NJK N 5 Groups ) विशेष गरी लैंगिक समानता र नारी आवाज़लाई बुलन्द गरी समाजमा हुने लैंगिक विभेद अन्त्य गर्नको लागी भुमिका खेल्ने उदेश्यको साथ संन्चालनमा ल्याईएको हो ।
हरेक वर्ष केन्द्रले महिला दिदिबहिनीहरुलाई विभिन्न रोज़गारमा संमलन रहेका महिलाहरुलाई सहभागी गराई रमाईलो र उत्साह जनक कार्यक्रमको आयोजना गर्ने गरेको छ भने यस्ता मनोरन्जन पुर्ण कार्यक्रमहरुमा सहभागी हुन पाउदा एक दिन भएपनि मनका पिर व्यथा, आफ्नो स्वास्थ्य समस्याले,घर परिवार,व्यवहारिक चिन्ता लगायतका समस्या भुल्ने मानसिक तन्दुरुस्त समेत वृद्धि हुने सहभागीहरुको भनाई रहेको छ ।
प्रत्येक वर्ष लाने गरिएको अन्तर जिल्ला भ्रमण कार्यक्रम यस वर्षमा भने कोरोना भाईरस फेरि दिनानुदिन बढिरहेको कारणले गर्दा मिती, समय र स्थान तोकिएको छैन । मंगलबार धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित त्रिशुली रिभर साईड रिसाेर्टमा नारी विकास सहकारीका शेयर सदस्य,नारी जागरण केन्द्रका समुहहरु, संस्थाका कार्यसमिति,कर्मचारीहरु, नारी बाटिका अनलाईन समाचारका समाचारदाता गरि ८० जनाको सहभागीता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस