आज:  | Fri, 26, Apr, 2024

रुबिभ्याली १ तिप्लिङमा पहिरोले पुरिदा डाेजर सहित ३ जना बेपत्ता

२९ पुष २०७८, बिहीबार ११:३९ मा प्रकाशित ( २ साल अघि) ३५५ पाठक संख्या
नारी बाटिका


धादिङ- उत्तरी धादिङको रुबिभ्याली गाउँपालीका वडा नम्बर १,  तिप्लिङमा पहिरो खस्दा डोजरसहित ३ जना पुरिएका छन् । सडक खन्ने क्रममा माथीबाट खसेको पहिरोले डोजर चालक सिन्धुपाल्चोकका आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय धन तामाङ पुरिएका हुन् । अहिले पनि पहिरो खस्नेक्रम नरोकिएकोले उद्दार गर्न कठिनाइ भैरहेको छ ।
रुबिभ्याली-१ को पुरुबाट लिङ्जो जाने सडकको नयाँ ट्रयाक खोल्ने क्रममा पहिरो खसेको हो । घटनास्थल नजिकको सेर्तुङ प्रहरी चौकी पनि चार घण्टाको पैदल दुरीमा पर्ने भएकाले विस्तृत विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस